बैबाहिक जीवनमा रहेका जोडीलाई एकै रथका दुई पाङ्ग्रा पनि भन्ने गरिन्छ । यसो भनिनुको कारण जोडीमा उच्चस्तरको आपसी समझदारी र जिम्मेवारी वोध हुन जरुरी हुन्छ भन्ने हो ।

तर जोडीहरुमा एक अर्कालाई बुझ्न नसकेको गुनासो सँधै सुन्ने गरिन्छ । यहाँ पुरुषको ब्यवहार सम्बन्धी यस्ता केही टिप्स दिइएको छ जसबाट महिलाले शिक्षा लिन सक्छन् र अनुशरण गर्न सक्छन् ।

१ पुरुषको ब्यवहार तर्कमा आधारित हुन्छः
भनिन्छ महिलाहरु बढी भावुक हुन्छन् । पुरुष दिमाग र महिला दिलले चल्छन् भन्ने भनाइ समेत छ । तर जीवन भावनाले मात्र चल्दैन । त्यसैले पुरुषहरु तर्कशील हुन्छन् र उनीहरुको हरेक ब्यवहारको पछाडि कुनै न कुनै तर्क हुन्छ । पुरुषका निर्णयहरु तर्कमा आधारित हुन्छन् तर महिलाहरु भने भावनात्मक कुरामा बढी जोड दिन्छन् । यसले पुरुषलाई महिलासँग ब्यवहार गर्न कठिन बनाइदिन्छ ।

 

modern bride

२ भावनामा नियन्त्रणः

पुरुषहरु जतिबेला पनि भावनात्मक बनेर जीवन चल्न नसक्ने तर्क गर्छन् । उनीहरु भन्छन् जीवनका अधिकाँश ब्यवहारमा भावनाको स्थान पछिल्लो सिटमा मात्र हुन्छ । महिलाहरु जुनसुकै भावनात्मक बन्नुको साटो अलि सन्तुलित ब्यवहार देखाउँदा पनि उनीहरुको लैङ्गिक चरित्रमा कुनै समस्या नहुने पुरुषहरुको तर्क छ।
तर महिलाहरु पनि आफ्नो भावना पनि तर्कमै आधारित हुने दावी गर्छन् । भावनाले जीवनको अर्थ दिने उनीहरुको भनाइ छ ।

 

modern wedding

३ देखाउनु मात्र प्यार होइनः

महिलाहरु आफ्ना पुरुष पार्टनरले निरन्तर I love you अर्थात म तिमीलाई मायाँ गर्छु भनेको मन पराउँछन् । तर पुरुषहरु भने प्यार देखाएर मात्र हुन चिज नभएको तर्क गर्दै खाली मायाँ गर्छु भनेर देखाउनु नपर्ने तर्क गर्छन् । महिलाहरुको विचारमा प्यार ब्यक्त गर्नु पनि जीवनमा निक्कै महत्वपूर्ण छ किन भने त्यसले जीवनमा उर्जा थप्छ ।

अरुको कुरा काट्नु हुँदैनः
गाउँ तिर भनिन्छ पानी भर्ने पँधेरो महिलाले अरुका कुरा काट्ने स्थल हो । पँधेर्नी कुरा भन्ने चलन पनि त्यसै कारणले आएको हो । तर पुरुषहरु भने अरुको कुरा अनावश्यकरुपमा काट्न नहुने बताउँछन् । पुरुषहरुले महिलाको तुलनामा कम अरुको कुरा काट्ने र चाहिने बेला मात्र गर्ने उनीहरुको दावी छ । महिलाहरु पनि सबै आइमाइ कुरौटै नै हुन्छन् भन्ने नहुने र त्यो ब्यक्ति ब्यक्तिमा भर पर्ने तर्क गर्छन् ।

men with beautis

हास्न जान्यो त बाँच्न जान्योः

महिलाको तुलनामा पुरुषमा खुलेर हास्ने र हसाउने क्षमता बढी हुन्छ । महिलाहरुले पनि हसाउँने र हाँस्ने कला सिक्नु पर्ने बताउँछन् पुरुषहरु । तर महिलाहरुको भने आफ्नै तर्क छ । उनीहरु भन्छन्- महिलाको हास्ने तरिका पुरुषको भन्दा फरक मात्र हो । महिला सानो स्वरमा हास्छन् पुरुष ठूलो स्वरमा ।

६ बास्तविकतामा जिउनुः
अधिकाँश पुरुष सामान्यतः महिला भन्दा महत्वाकाँक्षी त हुन्छन् तर उनीहरु वासत्विकताबाट टाढा हुँदैनन् । तर महिलाहरुको बढी समय कल्पनामा वित्ने गरेको विज्ञहरुको भनाइ छ । हुने र नहुने दुवै कुरामा महिलाहरुले बढी सोंच्ने उनीहरु बताउँछन् । महिलाहरु वास्तविकता स्वीकार गर्न सहज मान्दैनन् र उनीहरु बढी दुःखी हुन्छन् । महिलाहरुले वास्तविकतामा जिउन सुझाव दिन्छन् विज्ञहरु ।