हस्त रेखा अर्थात समुन्द्रशास्त्रमा स्त्री पुरुषका विभिन्न अंग र अंगका लक्षणका बारेमा विस्तृत ब्याख्या गरिएको छ । समुन्द्र शास्त्रले अंगको लक्षण हेरर मानिसको स्वभाव भन्न सकिने दावी गर्छ । त्यति मात्र होइन स्त्री र पुरुष चरित्र थाहा पाउन पनि केवल अंगहरुको अध्यन गरे पुग्ने समुन्द्र शास्त्रीहरुको भनाइ छ ।

लामा औंला हुने स्त्री धोकेवाजः

loong fingered girl 1

समुन्द्र शास्त्रका अनुसार खुट्टाका औंला लामा हुने स्त्रीहरुको भर पर्नु हुँदैन । केटीका लागि त्यो राम्रो भएपनि केटाका लागि ती केटी भर पर्दा हुँदैनन् । यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रीहरुको दावी छ ।

loong fingered girl

त्यसै गरी शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रको दावी छ ।

छोटा औंला छोटो उमेरः

irregular foot fingers

समुन्द्र शास्त्रका अनुसार खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुन्छ र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्छन् ।