महिला पुरुषबीचको सम्बन्धमा एक अर्कालाई बुझ्ने विषय सदियौं देखि बहसको विषय हो । विपरित लिङ्गीका कुरा बुझ्न कठिन हुने हुँदा महिलाले पुरुषलाई र पुरुषले महिलालाई बुझ्न नसक्ने बनेको आरोप लगाउँछन् ।

beautiful modern girl
हालै गरिएको एक अध्ययनले महिलाले पुरुषबाट १० कुरा चाहने देखाएको छ ।

 

के हुन् त यस्ता १० कुराः

१ महिला पुरुषले आफूलाई सुनुन् भन्ने चाहन्छन् । ध्यान दिएर सुन्यो भने उनीहरु प्रेम पाएको अनुभव गर्छन् ।

२ आफ्नो मुड बुझ्ने पति पार्टनर होस् भन्ने महिलाको चाहाना हुन्छ । तसर्थ पुरुषले महिलाको मुड बुझेर ब्यवहार गर्नु पर्छ ।

३ महिलाहरु रुन्चे हुन्छन् । उनीहरु पुरुषहरु पनि रोउन् भन्ने त चाहनन्न तर आफू रुँदा वा दुःखी हुँदा बुझोस् भन्ने चाहाना हुन्छ ।

४ महिलाहरु पुरुषले कुरा बुझुन् र निरन्तर कुरा गरिरहुन् भन्ने चाहन्छन् । यसो गर्दा एक अर्कामा समझदारी पनि बढ्ने हुन्छ ।

५ महिलाले पुरुषमा अलिकति शाहस र लगाव बढी होस् भन्ने भित्री चाहाना हुन्छ । उनीहरु अफ्नो प्रेमी वा पति परिवारमा पनि ‘हिरो’ देखियोस् भन्ने चाहन्छन् ।

६ महिलाहरु पुरुषले सँधै नभएपनि कहिलेकाँहि भान्सामा पनि साथ देओस् भन्ने चाहन्छन् । कहिलेकाँहि उनीहरुलाई नयाँ नयाँ खाना पकाएर दिए रमााइलो मान्छन् ।

household-chores

 

७ तपाइँ साहसी भएपनि सबै ठाउँमा साहस देखाएको भने महिलालाई मन पर्दैन । गाडी चलाउँदा वा त्यस्तै सावधानीपूर्वक गर्नु पर्ने काममा पनि सासह देखाउन थाल्नु भो भने तपाइँ स्त्रीको नजरमा गिर्दै जानु हुन्छ ।

८ महिलाहरु पुरुषले आफूलाई सुरक्षा देओस् भन्ने चाहन्छन् । तर सबै कुरामा हस्तक्षेप गर्ने चाहिने भन्दा बढी चासो राख्ने गरेको मन पराउँदैनन् ।

९ महिलाहरु पुरुषले प्रेम ब्यक्त गरिरहोस् भन्ने चाहन्छन् । उनीहरुलाई कुनै न कुनैरुपमा प्रेम ब्यक्त गरेको मन पर्छ ।

१० महिलासँगको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय इमान्दारिता हो । यदि तपाइँ झुट बोल्न थाल्नु भो र झुट बोलेको पत्ता लाग्यो भने चाँहि तपाइँ गिर्नु भो ।

modern wedding