युवकहरुले मात्र होइन युवतीहरुले पनि यौन कल्पना गर्ने र त्यसको मात्रा केटाहरुको भन्दा बढी हुने एक अध्यनले देखाएको छ । 

यद्यपी केटा र केटी दुवैले यौन सम्बन्धी कल्पना गर्दा करिव करिव उस्तै कल्पना गर्ने अध्यनको निष्कर्ष छ ।

अधुनिक केटा केटीहरुको यौन सम्बन्धी अधिकाँश कल्पना अश्लिल चलचित्रमा आधारित हुने र उनीहरु त्यस्तै कल्पनामा रमाउने गरेको स्वेडेनको उप्साला विश्वविद्यालयका शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।

अश्लिल चलचित्र हेर्ने युवा युवतीले त्यस्ता चलचित्रमा देखाइएका गतिवधीलाई वास्तविक जीवनमा अभ्यास गर्नेबारे सोंचिरहने शोधकर्ता माग्दालेना मात्तेवोले बताए ।

hot girl

पछिल्लो अध्यनबाट निस्केको निष्कर्षले मानसिकस्तरमा लैङ्गिक समानता आइसकेको देखाएको समेत उनको दावी छ ।

मात्तेवोले स्वेडेनका १६ वर्ष माथिका ८ सय युवतीमाथि यौन सम्बन्धको अनुभव र अश्लिल चलचित्रबारे अध्यन गरेका थिए ।

१० मध्ये एक युवतीले आफूले हेर्नु पर्ने भन्दा कम अश्लिल चलचित्र हेर्ने गरेको अध्यनका क्रममा बताए । त्यतिमात्र होइन युवतीहरुले गर्ने सेक्सको कल्पना कतिपय अवस्थामा युवकहरुले गर्ने भन्दा पनि बढी रहेको उनले पाए ।

 

men-watch porn

अध्यनको अनौठो निष्कर्ष त परंपरागत मैथुन र मुख मैथुनको अनुभव केटाहरुमा भन्दा बढी केटीमा पाइयो ।

यद्यपी सेक्स पार्टनर भने केटीको तुलनामा केटीहरुले बनाएको पाहियो ।
यो शोध जर्नल अफ डेभलपमेन्टल एण्ड विहेवियरल पेडयाट्रिक्समा छापिएको छ ।