महिला पुरुषको सम्बन्धमा धेरै कुराको सम्झौता हुन्छ । कतिपय अवस्थामा नभन्न मन लागेका कुरा भन्नु पर्छ भने कतिपय कुराहरु भन्न मन लागिरहे पनि नभनि बस्नु पर्ने बाध्यता दुवै पक्षलाई हुन्छ ।
यहाँ यस्तै ८ कुरा प्रस्तुत गरिएको छ जुन कुरा पुरुषले महिलालाई सँधै भन्न चाहन्छन् तर भन्न सक्दैनन् ।

men with beauty spcl

यस्ता छन् भन्न मन लागे पनि नभनिने ८  कुराः

 

आफ्नो तलवः

केटाहरुले आफ्नी महिला साथीलाई आफ्नो तलव कति छ भन्ने बारे कहिल्यै पनि बताउँदैनन् । जति पटक सोधेपनि यो प्रश्नलाई उनीहरुले विषान्तर गरेर टारिदिन्छन् । आफ्नो तलव बढेको वा प्रमोसन पाएको कुरा केटाहरु खुलेर भन्छन् तर जति राम्रो कमाइ भएपनि ठ्याक्कै कति कमाउँछन् भनेर चाँहि कहिल्यै पनि भन्दैनन् । तलवलाई केटाहरु प्रतिष्ठाको विषय सम्झिन्छन् ।

 

‘बढी कमाउ’:

पुरुष र महिलाको समानताका बहसहरु सामान्य भैसके । धेरै क्षेत्रमा महिलले पनि पुरुषले जति प्रगती गर्न थालिसकेका छन् । तर पुरुषको भित्री मनमा आफ्नी श्रीमतीले आफूले भन्दा धेरै नकमाओस भन्ने चाहाना हुन्छ । त्यसैले उनीहरुले थोरै कमाउने श्रीमती भएपनि यो भन्दा बढी कमाउने जागिर गर भन्दैनन् । किन भने श्रीमती बढी कमाउने हुँदा पुरुष इगोमा ठेस पुग्छ ।

अर्कै केटी मन पर्छः

केटाहरुले आफ्ना महिला साथीलाई अर्को कुनै महिला मन परेको विषयमा कहिल्यै पनि खोल्दैनन् । खासगरी शारीरिक संसर्गको समयमा केटाहरुको मनमा अन्य केटी नै भएपनि त्यो कुरा खोल्दैनन् ।

 

‘यो मेरी प्रेमिका हो आँखा लाउने होइन’:

केटी लिएर सार्वजनिक स्थलमा हिँड्दा केटाहरुलाई सँधै समस्या पर्छ । कहिले अन्य केटाहरुले धक्का दिन्छन् वा अपशब्द समेत बोलिदिन्छन् । केही नभएपनि जिस्काउन त पछि पर्दैनन् । तर भित्र मनमा जति सुकै रिस उठेपनि ‘यो मेरी प्रेमिका हो आँखा लाउने होइन’ भनेर प्रेमिकाको बचाउ गर्न भने हिम्मत गर्दैनन् । किन भने केटीको मनमा के छ र आफूले बोल्दा के असर पर्ला भन्ने डर उनीहरुको मनमा हुन्छ । र कतिपय केटीहरु केटाहरु बढी नै सुरक्षात्मक भएको मन पराउँदैनन् ।

 

५-५ मिनेटमा कल नगरः

प्रेममा परेपछि केटाहरु भन्दा केटीहरुलाई बढी मायाँ ब्यक्त गर्नु पर्छ । उनीहरु कल गरिरहन्छन् र तर केटालाई भने केटीहरुले छिन् छिनमा कल गरेको वा बढी माया देखाएको दिक्क लाग्न थाल्छ । यद्यपी उनीहरु मलाई ५-५ मिनेटमा कल नगर भन्न भने सक्दैनन् ।

 

पूर्व प्रेमिकाको कुराः

पुरुषहरुले कहिल्यै पनि आफ्नी पूर्व प्रेमिकाको कुरा नयाँ प्रेमिकासँग भन्न चाहँदैनन् । विगतको कुरा खोल्दा वर्तमान सम्बन्धमा समस्या आउन सक्ने चिन्ता उनीहरुलाई हुन्छ । त्यसकारण पूर्व प्रेमिकाको नयाँले सोधे विषयान्तर गरेर टारिदिन्छन् ।

 

सल्लाह सुझावः

घर परिवार वा काम गर्ने ठाउँमा पनि कुनै समस्या आउने वित्तिकै केटीहरु आफ्ना पार्टनरलाई भन्छन् । तर केटाहरुको बानि त्यस्तो हुँदैन । उनीहरु सके सम्म पत्नि वा प्रेमिकालाई भन्दैनन् । प्रेमिका वा पत्निसँग सल्लाह लिएर समाधान खोज्दा हारेको अनुभव उनीहरु गर्छन् । आफू भन्दा प्रेमिका बुद्धीमान छे भन्ने कुरा स्वीकार्न उनीहरुलाई गाह्रो हुन्छ ।

साथीलाई घरमा बोलाएको कुराः

केटाहरु साथीहरुलाई घरमा सहजै बोलाउँछन् । खाना खान वा पिउन मन लागे पत्नि वा प्रेमिकासँग सोधिरहनु पर्ने उनीहरु ठान्दैनन् । तर जव अकस्मात आएका पाहुनाका कारण घरमा सम्हाल्न गाह्रो हुन्छ त्यसपछि मात्र उनीहरुलाई पत्निको सहयोग चाहिन्छ ।