जव नारी प्रेममा हुन्छे उसले आफ्नो पुरुषलाई म तिमीलाई साँचो प्रेम गर्छु भन्ने पुष्टी गर्न हजारौं कुरा भन्न तयार हुन्छे ।
तर केही यस्ता कुरा छन् जुन नारीले जति प्रेममा रहेको पुरुषलाई पनि खोलेर भन्दिन् । महिलाहरुको चाहाना अध्यन गर्ने हो भने उनीहरुको जीवन साँच्चिकै रहस्यको पहाड जस्तो लाग्छ ।

एक अध्ययनले महिलाहरुले पुरुषलाई ५ कुरा कहिल्यै नखोल्ने देखाएको छ । सामाजिक सञ्जालमा गरिएको उक्त सर्वेले महिलाले निम्न उल्लेखित कुरा आफ्नो नितान्त निजी जीवनमा सीमित राख्न चाहने देखाएको हो ।

के हुन् त यस्ता ५ कुराः

मजा आउने चिजः

महिलाहरु रमाउने अनेक तरिका खोज्छन् । तर उनीहरुले आफ्नो पार्टनरलाई आफूलाई यसो गर्दा सबै भन्दा रमाइलो लाग्छ वा मैले यसमा मजा लिन्छु भनेर कहिल्यै भन्दैनन् । उनीहरुले यस्तो कुरा भन्दा आफ्नो चरित्रमा प्रश्न उठ्ने वा त्यसकै आधारमा आफूलाई मूल्याङ्कन गरिने हो कि भन्ने डर मनमा पालेका हुन्छन् ।

girls secret

केटीहरुबीच हुने छाडाकुराः

केटाहरु मात्र होइन केटीहरु पनि आफू मात्रै भएको समयमा छाडा कुरा गर्छन् र उनीहरुले कतिपय यस्ता कुरा गर्छन् जुन् खासगरी पुरुससँग भन्न कहिल्यै चाहँदैनन् । यौन जीवन वा पति वा प्रेमीसँगको सम्बन्ध वा उनीहरुसँगका नितान्त ब्यक्तिगत कुराको विषयमा समेत केटीहरुबीच कुरा हुन्छ । तर यो कुरा उनीहरुले आफ्ना पुरुषलाई भने कहिल्यै पनि भन्दैनन् ।

मेक अपका सामग्रीः

केटीहरु घरबाट हिँड्दा, गाडीबाट ओर्लिसकेपछि र गन्तब्यमा पुगेपछि जहिले पनि मेकअप जाँच गर्छन् । तपाइँलाई अचम्म लाग्न सक्छन उनीहरु यतिधेरै ब्यवस्थित कसरी हुन्छन् भनेर । तर खास कुरा के भने महिलाको साथमा न्यूनतम मेकअपका सामग्री जहिले पनि साथमा हुन्छन् । तर त्यसबारेमा उनीहरुले पुरुषलाई जानकारी दिँदैनन् । उमेर भन्दा तरुनी देखाउने देखि गोरो देखाउने सम्मका क्रिम ब्यागमा हालेर हिँड्ने महिलाले यो कुरा पुरुष पार्टनरलाई भने भन्दैनन् ।

पूर्व प्रेमीसँगको चक्करः

भनिन्छ केटीहरु पहिलो प्रेमका लागि भन्दा अन्तिम प्रेमका लागि बढि चिन्तित हुन्छन् । उनीहरु वर्तमान सम्बन्धप्रति यति धेरै चिन्तित हुन्छन् कि पूर्व प्रेमीका विषयमा कहिल्यै पनि पुरुष पार्टनरलाई जानकारी दिन चाहनन् । पहिलो प्रेम भुल्न नसकेपनि उनीहरु यो कुरा चुहाउँदैनन् । संयोगबस प्रसँग आएपनि उनीहरु विषयान्तर गर्छन् ।

modern bride

पति/प्रेमिका आफन्तप्रतिको भावनाः

आफ्नो प्रेमि वा पतिका दाजु भाइ वा दिदी बहिनीप्रति आफ्नो कस्तो भावना छ भन्ने विषयमा सकेसम्म महिलाले मुख खोल्नै चाँहदैनन् । उनीहरुको विषयमा टिप्पणी गर्नै परेपनि निक्कै ध्यान पुर्याएर गर्छन् ।