बैशाख जेठको प्रचण्ड गर्मी । पसिना नआउने कुरै भएन । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ । तर धेरै नै आयो भने यो एउटा समस्या हुन सक्छ । 

pasin

कतिपय मान्छेको पसिना गन्हाएर छेउछाउका मान्छे नि हैरान हुन्छन् । तर अब आत्तिनु पर्दैन । तपाई पनि पसिना धेरै आएर वा गन्हाएर दिक्क हुनुहुन्छ भने अपनाउनुस् यी ७ वटा टिप्स । 

8

१. सूती कपडाको प्रयोग :
कहिलेकाही हलुका कपडा लगाउदाँ पनि पसिना आउँछ । त्यसैले गर्मीयाममा सधैं सूती कपडा प्रयोग गर्नुस् । काँटनले पसिनालाई सोस्ने काम गर्छ । यसले पसिना चिपचिप हुनबाट जोगाउछ र बग्न दिन्न ।

9
२. पानी धेरै पिउनुस् :
जति सकिन्छ पानी र जूस पिउनुस् । यसले शरीरको गंधलाई कम गर्छ । बिहान खाली पेट कम्तीमा १ गिलास पानी ५०० ग्राम व्हीट ग्राससंग खानुस् । यसमा रहेको क्लोरोफिलको मात्राले शरीरलाई दुर्गन्धित हुनबाट जोगाउँछ ।

4
३. काक्रो खानुस् :
हरियो काक्रो छालाका लागि अत्यन्तै उपयोगी मानिन्छ । काक्रोलाई खानासंगै सलादका रुपमा खान सकिन्छ । नुहाइसकेपछि काखीमुनी काक्रोलाई घोटिदाँ पनि पसिना कम बग्छ र गन्हाउदैन । काक्रोले दुर्गन्धित ब्याक्टेरियो नष्ट गर्ने गर्दछ ।

7
४. कागतीको प्रयोग :
कागती पानीले धेरै पसिना आउने समस्याबाट मुक्त गर्छ । नुहाउने पानीमा पनि एउटा कागती निचोरेर नुहाए यसले दिनभरी तरोताजा राख्न मद्दत गर्ने गर्दछ ।

3
५. सरसफाईमा ध्यान :
पसिनाबाट मुक्ति पाउन सरसफाईमा ध्यान दिन ज्यादै आवश्यक छ । यसले पसिना रोक्न र गन्हाउनबाट जोगाउछ । छालाको संक्रमणबाट पनि बचाउछ । कपडा लगाउँदा भित्री लुगा जहिले पनि सुख्खा हुनु पर्छ । यसले पसिना सोस्छ ।

5
६. हरियो सागसब्जी र फलफूल खानुस् :
गर्मीयाममा ताजा र थोरै खाना खानुस् । काक्रो, पुदिन, सुन्तला, तरबुजा, मौसम, जूस र हरियो सागपातले मान्छेलाई स्वस्थ्य राख्नुका साथै पसिनाबाट मुक्ति दिलाउछ । यस्ता खानेकुरामा तिर्खा मेटाउने तत्व हुन्छन् । किनकी सोडियम र कैलोरीको मात्रा थोरै र एंटी आक्सीडेंट, कैल्सियम र विटामिन ए को मात्रा अधिक हुन्छ ।

10
७. रंगको छनौट :
लुगा किन्दा जहिले पनि रंगको ख्याल गर्नुस् । कालो र रातो रंगको कपडाले गर्मी धेरै हुन्छ र पसिना बग्छ । गर्मी मौसमका लागि सेतो र निलो रंगको लुगा लाभदायक
हुन्छ । र महत्वपूण कुरा, दिनमा एक पटक लगाएको लुगा नधोई फेरि नलगाउनुस् ।