३१ जेठ, काठमाडौं ।   
सरकारले सुर्तीजन्य पदार्थमा अनिवार्य रुपमा क्यान्सर रोगको चित्र प्रकाशन गरेर बिक्री गर्नुपर्ने नियम बनाएपछि गुट्खा खाने घटेका छन् ।

cancer chinha

गुट्खा खान छाडेपछि यसको व्यापार पनि निकै घटेको छ ।

 

सुर्तीजन्य पदार्थका प्याकेटमा क्यान्सर रोगको डरलाग्दा तस्बिर सार्वजनिक हुन थालेपछि पछिल्लो समय गुट्खासँगै खैनी तथा चुरोट जस्ता सुर्तीजन्य पदार्थको बिक्री पनि घटेको छ ।

 

केही समय यता घडी छाप खैनी, निधी गुट्खालगायतको खोलमा गालामा क्यान्सर भएको र सूर्य चुरोटमा मुटुको क्यान्सर भएको तस्बिर छापिन थालेपछि यसको प्रयोकर्ता घटेका हुन् ।

 

पहिले पहिले खैनीको प्याकेटमा “सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ, सुर्तीजन्य पदार्थको सेवनले ज्यान लिन्छ”लेखिएको हुन्थ्यो । यो कानुनी प्रावधान पनि हो ।

 

तर यतिवेला सरकारले निकोटिन मिश्रित सुर्तीजन्य पदार्थमा अनिवार्यरुपमा क्यान्सर रोगको तस्बिर प्रकाशन गर्न निर्देशन दिए सँगै यसको व्यापारमा ठूलो असर पुगेको छ ।

 

    अहिले बजारमा सर्वत्र पाइने तुलसी, सूर्य चुरोट, घडीछाप खैनी, निधि गुट्खाको खोलमा गलामा क्यान्सर भएको र चुरोटमा मुटुको क्यान्सर भएको तस्विर आउन थालेपछि यसको प्रयोगकर्ता घटेको बताइएको छ ।