पछिल्लो समयमा दुनियाँमा अशान्ति र हिंसा बढिरहेको छ । जताततै कलह र झगडा मात्र भैरहेको देखिन्छ । आखिर किन यस्तो भैरहेको छ । 

मानिसहरु भौतिकरुपमा सम्पन्न र समृद्ध हुँदा पनि अशान्त छन् । किन भएको होला त यस्तो ?

हिन्दु धर्मशास्त्रहरुमा युगहरुको बर्णन गरिएको छ । चार युगका फरक फरक लक्षण भगवान श्री कृष्णले श्रीमत भागवतममा ब्याख्या गर्नु भएको छ । श्रीमद भागवतम भागवत गीता भन्दा फरक ग्रान्थ हो । खासमा यो भगवान श्रृकृष्णले गाएको गीत नै हो भन्दा पनि हुन्छ । भागवत गीता भगवान कृष्णले कुरुक्षेत्रमा अर्जुनलाई दिएको ज्ञान हो । जुन ७०० श्लोकमा समाहित छ । तर भागवतम सम्पूर्ण उपनिषदको सार भएको १८०० श्लोक भएको ज्ञान कुण्ड नै हो । यसमा संसारका सबै कुराको ब्याख्या गरिएको छ । कलियुगमा उत्पन्न हुने अवस्था भागवतममा जसरी ब्याख्या गरिएको छ अहिलेको अवस्था करिव करिव उस्तै देखिन्छ ।

kali-yuga

श्रीमद भागवतमले ब्रम्हाण्डको उत्पत्ती र विकाशका ४ चरणको ब्याख्या गरेको छ । जस अनुसार ब्राम्हाण्डको विकाशका क्रममा ४ युग आउँछन् ।

 

१ सत्य युग
२ त्रेता युग
३ द्वापर युग
४ कलि युग

 

यी चार युग ४ दशमलव १ देखि ८ दशमलव २ अर्व वर्षको अवधिमा घुमिरहन्छन् । यी युग केवल समयक्रमको नाम मात्र होइन यसमा मानव समाज र समाजको चरित्र र मानिसको नैतिक चरित्र कस्तो हुने भन्ने पनि भागवतममा उल्लेख छ ।

भागवतमका अनुसारः

सत्य युगममा धर्म र सत्यवादीहरुको बाहुल्यता हुन्छ । समाजमा शान्ति र अमन चयन हुन्छ । मानिसको आयु एक लाख वर्षको हुन्छ ।

त्रेता युगमा मानव समाज नैतिक हुन्छ । यो युगमा तीन चौथाइ भाग समाज नैतिक हुन्छ भने १ चौथाइ भने अनैतिक र पापी हुन्छ । त्रेता युगमा मानिसको आयु १० हजार वर्षको हुन्छ । द्वापर युग भनेको आधा पुण्य र आधा पापले भरिएको समाज हुने युग हो । यहाँ मानिसको आयु १००० वर्षको हुन्छ ।

कलियुग भनेको सबैभन्दा खराव युग हो । यो युगमा तीन चौथाइ समाज पापी र अधर्मी हुन्छ भने १ चौथाइ मात्र पु्ण्यात्मा हुन्छन् । कलियुगमा मानिसको आयु पनि निक्कै कम हुन्छ । अधिकतम आयु १०० वर्षको हुनु कलियुगको लक्षण हो ।

kaliyug

कलियुगको अन्त्यमा मानिसको आयु २० वर्षमा सीमित हुने दावी धर्मशास्त्रको छ । त्यसका लागि धेरैकारण जिम्मेवार हुनेछन् ।
अहिलेको जारी वातावरणीय प्रदुषण, हरितगृह ग्यासको उत्सर्जन, विश्वव्यापी उष्णता, खडेरी, भोकमरी, अस्वस्थ जीवन यापन लगायतका कारणले मानिसको आयु २० वर्षमा झर्ने भागवतममा उल्लेख छ ।

के हुन् त कलियुगका १० लक्षणः

श्रीमद भागवतमको अध्याय १२ भाग २ मा कलियुगका लक्षणहरुको बारेमा ब्याख्या गरिएको छ ।

१ कलियुगको सबैभन्दा प्रमुख लक्षण समाजमा अवगुणहरु (आक्रोश, निर्दयीभाव, स्वार्थ, क्रुरता) हावी हुनु हो । कलियुगका मानिसहमा धैर्यता दया निस्वार्थी पन हुँदै नहुने भागवतममा उल्लेख छ । सबै मानिस ढोंगी हुने पनि भागवतममा उल्लेख छ ।

२ कलियुगमा अधिकाँश मानिस अधार्मिक र नास्तिक हुने सो ग्रन्धमा उल्लेख छ । केही मानिसले धार्मिक ग्रान्थ पढ्ने र धार्मिक वृत्ति देखाएपनि त्यो आडम्बरका लागि मात्र हुने भनिएको छ ।

३ कलियुगमा धार्मिक र अध्यात्मिक भावना भएका मानिस पनि आरुलाई देखेर धर्मरिने भागवतमले भनेको छ । धार्म गुरुहरु ठूला ठूला दरवारमा बस्ने र भक्तहरुलाई शोषण गर्ने कलियुगको लक्षण भएको उल्लेख छ ।

४ कलियुगमा मानिसहरु केवल भौतिक सम्पन्नतामा ध्यान दिने र जतिसुकै सम्पति र सम्पन्नतामा पनि असन्तुष्ट हुने कलियुगको प्रमुख लक्षण भएको उक्त शास्त्रमा उल्लेख छ ।

५ कलियुगमा समाज सभ्य देखिएपनि अधिकाँश मानिसलाई जीवनयापन गर्न कठिन हुने र जमीनमा उब्जाउ कम हुँदै जाने भागवतको प्रक्षेपण छ । खडेरी र भोकमरी ब्याप्त हुने समेत उल्लेख छ ।

६ कलियुगमा राजनीतिका नाममा लुट हुने हुँदा राजाहरुको सम्मान नहुने र शासक र शासित दुवै पक्ष चोरी र लुटपाटमा लाग्ने समेत भागवतममा उल्लेख छ ।

७ कलियुगमा परिवारहरु भत्किने र पारिवारिक माया लोप हुने पनि उक्त ग्रन्थमा उल्लेख छ । महिला र पुरुषबीच केवल यौन सम्बन्धका लागि मात्र देखावटी प्रेम हुने र उनीहरुले एक अर्कालाई यौनकै आधारमा मूल्याङ्कन गर्ने पनि उल्लेख छ ।

८ कलियुगमा धन मात्र एक मानवीय योग्यता मूल्याङ्कनको आधार बन्ने भागवतममा उल्लेख छ । शक्तिले सबै कुरालाई छायाँमा पार्ने र न्याय र कानून पनि धनीकै पेवा बन्ने ।

९ कलियुगमा बढी बोल्न जान्ने विद्वान ठहरिने र कुनै शैक्षिक योग्यता र ज्ञानको आवश्यकता नपर्ने भागवतममा उल्लेख छ ।

१० कलियुगको आयु ४ लाख ३२ हजार वर्षको भनिएको छ । अहिले केवल २ हजार वर्ष मात्र पुगेको छ । कलि युगमा अत्याचार र अशान्ति बढ्दै जाँदा भगवानले कल्की अवतार बनेर पृथ्वीमा आउने भागवतममा उल्लेख छ ।

कल्की भगवानले दुष्टहरुको विनाश गरेपछि फेरि पृथ्वीमा शान्ति र अमन चयन कायम भएर सत्य युग शुरु हुने भागवतममा उल्लेख छ ।