फलफूल स्वास्थ्यको लागि लाभदायक मानिन्छ । सँधै एउटै खानाबाट लाग्ने दिक्क हटाउन पनि फलफूल खानु उचित हुन्छ । यहाँ हप्ताका सात दिन कुन दिनमा कुन के फल खानु उपयुक्त हुन्छ भनेर उल्लेख गरिएको छ ।

fruit 1

आइतबारः
आइतबार सूर्यको बार हो । कतिपय कार्यालयमा शनिबार र आइतबार विदा समेत हुने गरेको छ । यो दिन फलफुलहरुमा जोड दिनु राम्रो मानिन्छ । कन्दमुल र फलफुल सहित मासुका परिकार पनि आइतबारको दिनमा उत्तम मानिएको छ । सूर्यको किरणबाट प्रत्यक्ष प्रभावलाई जोगाउन यी खाना उत्तम मानिन्छ ।

 

सोमबारः


सोमबार चन्द्रमाको दिन हो । यसैले सोमबारलाई पानीको शक्तिको प्रतिक पनि मानिन्छ । त्यसैले यो दिनमा धेरै पानीको मात्रा भएका काँक्रो, खरभुजा वा फर्सीजस्ता फल खानु उत्तम मानिन्छ ।

fruit

मंगलबारः
मंगलबारको दिन मंगल ग्रहको प्रभाव हुने गर्छ । त्यसैले मंगलको प्रभाव कम गर्न आँप वा भुइँ कटहर लगायतका फल खानु राम्रो मानिन्छ ।

 

बुधबारः
बुधबारलाई बुध ग्रहको दिन मानिन्छ । बुध ग्रहको प्रभावलाई कम गर्न बुधबार चाँहि जुन सुकै प्रकारको फल खाए पनि राम्रै हुने मानिन्छ ।

 

विहीबारः

बिहीबार बृहस्पतिको दिन हो । विहीबार सुन्तला खानु राम्रो मानिन्छ । या सुन्तला जस्तै रंग हुने फल कागती वा केरा पनि वहीबार खानु राम्रो हो ।

 

शुक्रबारः

शुक्रबार शुक्र ग्रहको दिन हो । शुक्रबार पनि सबै प्रकारका फल खाँदा राम्रै हुन्छ ।

 

शनिबारः

शनिबार शनी ग्रहको प्रभाव बढी हुन्छ । शनि ग्रहको प्रभाव कम गर्न चिल्लो बढी भएका खाना राम्रो मानिन्छ । यो दिन जंक फुडहरु पनि खान सकिन्छ ।