५ असार, काठमाडौं । वीर अस्पतालको बर्न बार्डमा विरामीहरु महंगोे मूल्यमा औषधी किन्न बाध्य छन् । डेढ वर्षदेखि बर्न वार्डमा एकै व्यक्तिका दुई वटा कम्पनी एक्सिस ट्रेड लिंक र सर्जिकल ट्रेडङ कन्सर्नबाट बायोटिन नामको कोलोप्लास्ट बिक्री हुँदै आएको छ ।

Bir-Hospital
पोलेको घाउमा लगाउने सानो प्लास्टलाई १ हजार १ सय र ठुलोलाई दुई हजार १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । तर यसको बास्तबिक मुल्य कति हो भन्ने कसैलाई थाहा छैन । न औषधीको प्याकेटमा मुल्य लेखिएको छ न यो औषधि बजारमा किन्न नै पाइन्छ ।

अस्पतालमा एकलौटी बायोटिन कोलोप्लास्ट बिक्री गर्दै आएका रोहितले सिमित ठाउँमा मात्र यसको बिक्री हुने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।