महिला र पुरुषलाई एकै रथका २ पाङ्ग्रा पनि भनिन्छ । उनीहरुबीच समझदारी जीवन अघी बढाउन निक्कै महत्वपूर्ण हुन्छ । तर महिला र पुरुष दुवै पक्षको सँधै एउटै गुनासो हुन्छ एक अर्कालाई नबुझेको । हालै गरिएको एक अध्यनले पुरुषले महिलासँग समझदारी बढाउन अपनाउन सक्ने ७ उपाय सुझाएको छ ।

indian-man-woman

नियमित भलाकुसारीः

पति पत्नि वा प्रेमी प्रमिकाबीच सम्बन्ध विग्रने सबै भन्दा प्रमुख कारण उनीहरुबीच कुराकानी नहुनु हो । पुरुषहरुले आफ्ना कुरा नसुन्ने गुनासो महिलाको हुन्छ । त्यसकारण पुरुषले महिलाले भनेका कुरा ध्यान दिएर सुन्ने र मनन गर्ने गर्यो भने समझदारी बढ्दै जान्छ । यदि निरन्तर आमने सामने गरेर कुरा गर्न कठिन भएपनि मेसेज वा अन्य विधीबाट पनि भलाकुसारी गर्न सकिन्छ ।

 

प्रशंसाः

महिलाहरु प्रशंसा सुन्न लालायित हुन्छन् । खाना मिठो भन्दा वा तिमीलाई यो हेयरस्टाइल कस्तो सुहाएको भन्दा महिलाहरु मख्ख पर्छन् ।

 

खर्चः
कुनै पनि स्त्रीलाई पहिलो भेटमै आफू मितब्यी छु भन्ने देखाउन खोज्नु भो भने तपाइँको सम्बन्धमा समस्या आउन सक्छ । जहिले पनि स्त्रीसँग पहिलो भेटमा भएको खर्च आफै गर्नुस् ।

 

10 things women shouldnt do 1

सामाजिक र ब्यक्तिगत जीवनः

सामाजिक र ब्यक्तिगत जीवनमा समायोजन गर्नु एक कामकाजी पुरुषका लागि सबैभन्दा चुनौतिको विषय हो । महिलाहरु आफ्नो पुरुष पार्टनरले सँधै जागिरका कुरा वा सामाजिक कुरा मात्र गरेको मन पराउँदैनन् । उनीहरु चाहन्छन् आफ्नो पुरुषले आफूलाई पनि समय दियोस् र निजी जीवनमा रमोस् ।

उपहारः

कहिलेकाँहि आफ्नो पार्टनरलाई उपहार दिने गर्नुस् । साना साना उपहारबाट पनि स्त्रीहरु मख्ख पर्छन् । र त्यस्तो उपहारको छनौट सँधै सोंचविचार पुर्याएर गर्नुस् ।

स्मार्टः

स्त्रीहरु आफ्नो पुरुष देख्दा स्मार्ट देखियोस भन्ने चाहन्छन् । सँधै औपचारिक पहिरन भन्दा पनि कहिले जिन्स वा टिसर्ट र स्पोर्टी लेदरका पहिरन पनि लगाउनुस् ।

 

नजानेको कुराः

पुरुषहरु स्मार्ट देखिन थाहा नभएको कुरालाई थाहा छ भन्ने र नजाने कुरा पनि जानेको जस्तो गर्छन् । यसो गर्दा तपाइँको साख गिर्दै जान्छ । नजानेको कुरालाई नजानेको भनेर सहर्ष स्वीकार गर्नु बरु महानता हुन्छ ।