तपाइँ हामी ब्रसले दाँत माझ्छौं । तर हामी मध्ये अधिकाँशले नियमितरुपमा ब्रस परिवर्तन पनि गर्दैनौ । तर पुरानो ब्रसमा हजारौंको संख्यामा ब्याक्टेरिया हुने हालै गरिएको एक अध्यनले देखाएको छ ।

युनिभर्सिटी अफ म्यानचेष्टरले गरेको अध्यनमा एउटा दाँत माझ्ने ब्रसमा इ कोलाइ देखि टाफ जस्ता किटाणू गरी एक करोड सम्म ब्याक्टेरिया हुने निष्कर्ष निकालेको हो ।

tooth brush

शोधकर्ता चिकित्सक डा. आन वेइले ब्रस नगरिएको मुखमा त बाथरुमको भुइँमा भन्दा पनि बढी किटाणू हुने बताए ।

दाँत माझेर राखिएको चिसो ब्रसमा त कुनै खुला शौचालयमा जति नै किटाणुको संक्रमण हुने उक्त अध्यनको निष्कर्ष छ ।

दाँत माझेको ब्रस भुँइमा खसाल्नु पनि घातक मानिएको छ ।