हुन त अश्लिल चलचित्र हेर्दै नहेरेको पुरुष भेट्न कठिन नै होला । तर हालै गरिएको एक अध्यनले अश्लिल चलचित्र हेर्ने पुरुषहरुले महिलालाई धोका दिने देखाएको छ ।

खासमा महिलाहरुलाई आफ्ना पुरुष पार्टनरले अश्लिल चलचित्र हेरेको मन पराउँदैनन् पनि । किन भने बढि अश्लिल चलिचत्र हेरर पुरुषहरु धोकेवाज बन्लान् भन्ने चिन्ता हुन्छ उनीहरुलाई ।

television

युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाले गरेको अध्यनमा अश्लिल चलचित्र हेर्ने पुरुषहरुले आकर्षक पार्टनरको खोजी गर्ने र उनीहरुले पार्टनर फेरिरहन मन पराउने देखाएको हो ।

कतिपय पुरुषले त अश्लिल चलचित्र वा तस्विरको माध्यमबाट नै महिलाहरुलाई यौन सम्बन्धका लागि मनाउने गरेको समेत अध्यनका क्रममा पाइयो ।

men-watch porn

अश्लिल चलचित्रमा महिलाहरु पनि जे सुकै गर्न तयार भएको र छाडा गतिविधी गरेको देखाइने हुँदा महिलाहरुलाई यस्तो प्रस्ताव राख्न पुरुषहरुलाई प्रोत्साहन मिल्ने विज्ञहरुको निष्कर्ष छ । अश्लिल चलचित्र हेर्ने बानि परेका पुरुषले सबै महिलालाई चलचित्रमा प्रस्तुत गरिएकी महिला जस्तै ठान्ने समेत अध्यनले देखाएको छ ।

उनीहरु हिंसात्मक सेक्स मन पराउने र आफ्ना पार्टनर त्यसका लागि तयार नभए नयाँ पार्टनर खोज्ने समेत अध्यनको निष्कर्ष छ ।

यद्यपी अश्लिल चलचित्रका घाटा मात्र भने नभएको विज्ञहरुले स्मरण गराएका छन् ।