हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना पाको उमेर सम्म पनि कम नहुने देखाएको छ । महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने अध्यनको निष्कर्ष छ ।

खासमा महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले देखाएको हो ।

two women

उक्त विश्विविद्यालयका स्वास्थ्य शंकायका शोधकर्ताहरुले ४० देखि ४५ वर्ष उमेरका ६ सय २ महिलामा गरेको अध्यनका क्रममा महिलाहरुले यौन आफ्नो जीवनमा महत्वपूर्ण रहेको बताएका थिए ।

कतिपय महिलाले जीवनको उत्तरार्ध सम्म पनि यौन जीवन सक्रिय राख्ने संकेत उक्त अध्यन पनि मिलेको छ ।

यो अध्यनको प्रतिवेदन जामा इन्टरनेशनल मेडिसिन जर्नलमा प्रकाशित छ ।