tired-womenस्मार्ट बन्नु भनेको मात्र तपाईको अनुहार सुन्दर देखिनु नभइ व्यक्तित्वमा समेत परिवर्तन आउनु हो । स्मार्ट बन्दा तपाईको मानसिक विकास, शारीरिक क्षमतामा विकास तथा तपाईमा परिपक्कता समेत आउनु हो । केही स-साना उपाय अपनाउन सके तपाइको व्यक्तित्वमा पूर्ण रूपमा परिवर्तन आउन सक्छ । 

 

तपाईले दैनिक रूपमा गर्ने कार्यलाई थोरै परिवर्तन गर्दा तपाईले आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याउन सक्नुहुन्छ । यसका लागि केही यस्ता उपायहरू अपनाउनु राम्रो मानिन्छ । 

 

– नरिवलको तेलको प्रयोगः दिमागलाई शक्ति दिनका लागि सबैभन्दा महत्वपूर्ण तत्वका रूपमा ग्लूकोजको आवश्यकता पर्छ । यसले तपाईको मष्तिष्कलाई शक्ति प्रदान गर्छ । जब मष्तिष्कमा ग्लुकोजको मात्रा कमी हुन्छ, तब मष्तिष्कले काम गर्न छाडिदिन्छ । यसकारण दैनिक रूपमा करिब २० एमएल नरिवलको तेलको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । 

 

– व्यायामः व्यायाम गर्दा आफ्नो शरिर र मष्तिष्कलाई निकै शक्ति प्राप्त हुन्छ । व्यायामको समयमा मष्तिष्कमा न्युरोट्राफिक प्रोटिन उत्पन्न हुन्छ र यसले तपाईको शरिरमा नयाँ उर्जा प्रदान गर्छ । 

 

– डोकोसेक्सेनोइक एसिडले तपाईको नशालाई स्वस्थ बनाउन मद्धत गर्छ । यसले पनि तपाईको व्यक्तित्व विकासलाई बढाउन मद्धत गर्छ । शरिरमा उक्त एसिड बन्ने गर्दैन यसका लागि माछा, अण्डा या मासु खाने गर्नुपर्छ । 

 

– निन्द्रा पुग्ने गरि सुत्नु स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ । यसले मानसिक विकासमा पनि निकै फाइदा पुर्याउँछ । रातमा सात घण्टा या त्यो भन्दै धेरै निन्द्रा लिनु निकै फाइदाजनक हुन्छ । 

 

– भिटामिन बी १२ तपाईको मष्तिष्कलाई निकै लामो समयसम्म स्वस्थ राख्न मद्धत गर्छ । भिटामिन बी १२ ले उमेर बढ्दै जाँदा हुने शारीरिक र मानसिक समस्यालाई कम गर्न मद्धत गर्छ । यसले बुढ्यौली लाग्न बाट समेत जोगाउछ । यस कारण सकेसम्म अण्डा, सोयाबिन, डेरी पोडक्ट, चीज र बदामको सेवन गर्नु राम्रो हुन्छ ।