हामी सबैको लोकप्रिय फलमा पर्छ केरा । अधिकाँशले नियमित नै केरा खान्छन् । केरामा प्रकृतिक सुगरको मात्रा अत्याधिक हुन्छ जस्ले शरीरलाई तत्काल उर्जा दिन्छ । शोधले केवल २ केराले ९० मिनेट सम्म काम गर्नका लागि उर्जा प्रदान गर्न सक्ने कुरा पुष्टी गरिसकेको छ । केराले उर्जा दिने मात्र होइन यसले अनेक रोगबाट पनि बचाउँछ ।

babana

केरा फलहरु मध्ये पनि उत्कृष्ठ फल हो भन्दा पनि अत्तियुक्ती हुँदैन ।

केरा खानुका फाइदा यस्ताः

निराशा हट्छः

हालै गरिएको एक अध्यनले निराश र दिक्दार अनुभव गरिरहेका मानिसले केरा खाइसकेपछि सहज अनुभव गर्ने देखाएको छ । केरामा ट्राइपोटोफ्यान नामक प्रोटिन पाइन्छ जसले शरीरमा ग्लुकोजको मात्रा बढाएर आराम अनुभव गराउँछ । यसले मानिसलाई खुसी रहन पनि मद्दत गर्छ ।

ग्लुकोज स्तर बढ्छः
केराले रगतमा ग्लुकोजको मात्रा बढाउँदा जस्ले तपाइँको मुडमा पनि सकारात्मक प्रभाव दिन्छ ।

रक्त अल्पताको समाधानः

यदि तपाइँलाई रक्त अल्पताको समस्या छ भने केरा खानुस् । यसले रगतमा हेमोग्लोविनको मात्रा बढाउँछ र रक्त अल्पता जस्ता समस्याबाट मुक्ति दिन्छ ।

रक्तचाप नियन्त्रणः

केरामा पोटासियमको मात्रा उच्च हुन्छ तर नुनको मात्रा भने कम हुन्छ । जुन रक्तचापका निक्कै राम्रो मानिन्छ । अमेरिकामा त केरा उत्पादन उद्योगले केरा खाँदा मस्तिस्क घात कम हुने भनेर विज्ञापन गर्ने छुट नै पाएको छ ।

मस्तिस्कमा शक्तिः

केराले मस्तिस्कको शक्ति पनि वृद्धि गर्छ । बेलायतमा गरिएको अध्यनले परीक्षाको समयमा विद्यार्थीले केरा खाँदा त्यसको असर निक्कै सकारात्मक रहेको पाहियो । त्यतिमात्र होइन यसले मस्तिस्कलाई सचेत राख्न पनि मद्दत पुर्याउँछ ।

कब्जियतबाट मुक्तिः

केरामा फाइवरको मात्रा बढी हुने हुँदा यसले कब्जियतबाट पनि मुक्ति दिन्छ । नियमित केरा खाँदा कब्जियतबाट समस्यामा परेकाहरुलाई पनि समस्याबाट मुक्ति मिल्छ ।

ह्याङ ओभरबाट पनि मुक्तिः

केराले ह्याङ ओभर हुने दिक्क लाग्ने जस्ता समस्याबाट पनि मुख्ति दिन्छ । यसमा हुने सुगरको ग्लुकोजको मात्राले दिमागलाई स्फुर्त र ताजा राख्दछ । यसले पुनर्ताजगी गर्न सहयोग गर्छ ।

 

मुटुको नियन्त्रणः

केरामा हुने तत्वले मुटुमा हुन सक्ने दुखाइ वा अन्य समस्या नियन्त्रणमा सहयोग गर्छ ।

विहानमा हुने समस्याबाट मुक्तिः

केराले विहानमा हुने रक्तचाप वा अन्य समस्यालाई सुगरको मात्राले नियन्त्रण गर्छ ।

लमखुट्टेको टोकाइको समाधानः

केरा खाइसकेपछि यसको बोक्रा कुनै घाउ वा लामखुट्टेले टोकेको ठाउँमा लगाइदिनु भो भने यसले घाउलाई सन्चो पारिदिन्छ । मलम भन्दा यो प्रभावकारी रहेको शोधले देखाएको छ ।

अल्सरबाट मुक्तिः

केराले आन्द्रामा हुने अल्सरको समस्याबाट समेत मुक्ति दिन्छ । यसले आन्द्रलाई सफा पारेर कोमल तुल्याइदिने हुँदा यस्ता रोगबाट बचाउँछ ।

तामक्रम नियन्त्रणः

केराले शरीरमा तापक्रम नियन्त्रण गर्छ र तापक्रमबाट हुने समस्याबाट जोगाउँछ । अत्याधिक तातो हुने ठाउँहरुमा केराले मानिसहरुलाई स्वस्थ राख्छ ।

यी सबै कारण बाहेक अनेक गुण छन् केरामा । केरालाई स्याउसँग तुलना गर्यो भने यसमा ४ गुणा बढी प्रोटिन हुन्छ भने कार्वोहाइड्रेड २ गुणा बढि हुन्छ ।

त्यसैले अंग्रेजीमा भनाइ छ अ बनाना अ डे किप्स डक्टर अवे अर्थात एउटा केराको सेवनले चिकित्सककोमा जाने झन्झटबाट मुक्ति दिन्छ ।