yogurtभनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ । 

दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ । दूधबाट बनेको दहीको प्रयोग खानामा हजारौ वर्षदेखी भइरहेको छ । यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ । 

दहीका केही फाइदाहरू…

पाचन शक्तिमा बृद्धीः पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ । 

पेटको गर्मीमा कमीः गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ । दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ । 

मुटुको समस्यामा फाइदाः दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ । 

बलियो हाडः दहीमा पाइने क्याल्सियमका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । शरिरको हाड बलियो भएपछि यसले मांशपेशीलाई बलियो गरी बाँधेर राख्छ, जसले शरिरलाई थप मजबुत बनाउँछ । 

जोर्नीको दुखाईमा कमीः जोर्नीको दुखाईलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ । 

तौल बढाउनः पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, दोकडा मिसाएर खाने गरे तौल बढ्छ । 

सौन्दर्यः दही शरिरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ । दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरिरको छाला निकै स्वस्थ र मुलायम हुन्छ । दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ । 

पालको सुन्दरताः कपाललाई सुन्दर र आकर्षक बनाई राख्नका लागि दहीले कपाल धुने गरे फाइदा गर्छ । यसको लागी नुहाउनुभन्दा अगाडि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्छ । केही समयपछि कपाल नुहाउनाले कपालको रूखोपन कम हुन्छ । 

रोग प्रतिरोधक क्षमता बढाउनः दहीले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धीत रोगहरूलाई पनि यसले फाइदा गर्छ । 

पसिनाः गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ । 

अनिन्द्राः रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग फाइदाजनक हुन्छ ।