किस अर्थात चुम्बन प्रेम अभिब्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका मानिन्छ । चुम्बनका तरिका भने ब्यक्ति अनुसार फरक फरक हुन्छन् ।

तर कस्ले कसरी चुम्बन गर्छ भन्ने ख्याल राख्ने हो भने त्यसको इरादा के हो र उसको ब्यक्तित्व के हो भन्ने चाँहि बुझ्न गाह्रो छैन ।

पूर्वीय र पश्चिमा शारिरीक हाउभाउ (body language) सम्बन्धी शास्त्रका अनुसार चुम्बनको तरिकाले ब्यक्तिको भाव र इरादा स्पष्ट हुन्छ ।

kiss 3

सेक्सको चाहानाः

चुम्बन शास्त्रका अनुसार कुनै पनि ब्यक्तीले ओंठ गोलो पारेर पार्टनरलाई चुम्बन गर्छ भने उसले कुनै पनि विषयलाई गम्भीरतासाथ नलिने बुझ्न सकिन्छ । यसरि चुम्बन गर्ने ब्यक्ति सेक्सप्रति हतारिएका हुन्छन् तर उनीहरुको ब्यवहारका कारण पार्टनर बेखुसी रहने हुँदा दाम्पत्य जीवन राम्रो रहँदैन ।

प्यारको गहिराईः

मानिसहरु प्रेमको चरम अनुभवमा मानिसहरु आंखा बन्द गर्छन् । त्यसैले कसैले पनि आंखा बन्द गरेर चुम्बन गर्छ भने त्यो चरम प्रेमको अभिब्यक्ति मानिन्छ ।

आंखा बन्द गरेर चुम्बन गर्नेहरुको जीवनमा प्रेम हावी हुन्छ र दाम्पत्य जीवन सुखमय रहने हुन्छ ।

kiss

चुम्बनबाट ब्यक्तिमाथि स्वामित्वः

चुम्बन केवल प्रेमको अभिव्यक्ति गर्ने माध्यम मात्र होइन । कसैले पार्टनरलाई अंगालोमा कसेर चुम्बन गर्छ भने त्यो ब्यक्तिमाथिको स्वामित्वको दावी पनि हो ।

विशेषज्ञहरुका अनुसार यसो गरेर मानिसहरु पार्टनरमाथि अधिकार जनाउँछन् । तर यसो गर्दा दाम्पत्य जीवनमा कलह आउन सक्ने बताइन्छ ।

kiss 1

कोमल स्पर्श सहित चुम्बन गर्नुसः

चुम्बन शास्त्रका अनुसार जसले चुम्बन गर्ने समयमा हतार गर्छ उसको सम्बन्धमा समस्या आउँछ । त्यसकारण कसैलाई पनि चुम्बन गर्दा विस्तारै कोमल स्पर्शसहित विस्तारै चुम्बन गर्नु पर्छ । यसो गर्दा दाम्पत्य जीवन पनि प्रेममय हुन सक्छ । 

kiss 4