मानिस हरपल खुसीको खोजीमा हुन्छ । हाम्रो खुसी तव मात्र सम्भव छ जव तपाइँको वरीपरी रहेका मानिसहरुमा खुसी  छाउँछ । अझ आफ्नो जीवनसाथीलाई त हमेसा खुसी राख्नु पर्छ । त्यसले जीवनलाई सुखी र खुसी तुल्याउन महत्वपूर्ण भूमिका खेल्छ ।

यहाँ जीवनमा खुसी रहन सहयोग गर्ने दाम्पत्य जीवनका ७ रहस्यको चर्चा गरिएको छ ।

marriage myth

१ एक अर्काप्रति विश्वासको वातावरण बनाउनुस्

दाम्पत्य जीवन सुखमय बनाउनका लागि जोडीमा आपसी विश्वास सबैभन्दा महत्वपूर्ण कुरा हो । जोडीमा आपसी विश्वास रह्यो भने मात्र यसले जीवनका अन्य समस्यासँग जुध्न सक्षम बनाउँछ । आपसी विश्वास रह्यो भने सानो समस्या आउने वित्तिकै अर्कोलाई दोष लगाएर पन्छिने प्रवृत्तिको विकाश हुन पनि पाउँदैन ।

२ शंका गर्ने बानी छोड्नुस्

अधिकाँश विवाहित जोडीमा एक अर्कालाई शंकाको दृष्टीले हेर्ने समस्या हुन्छ । शंकाले लंका जलाउँछ भन्ने उखान नै छ । तसर्थ शंकाबाट सकेसम्म ठाढा नै बस्नुस् । शंकाको कुनै समाधान छैन ।

३ खुलेर कुरा गर्नुस्

दम्पतिबीच साना सान कुरामा पनि सर सल्लाह र विमर्स गर्ने बानी भयो भने आपसी समझदारी बढ्छ । यसले जीवनमा सहजता ल्याउँछ भने परिवारमा खुसी । संवाद नहुनु सबैभन्दा घातक हुन्छ बैबाहिक जीवनमा ।

४ मन पर्ने र नपर्ने कुरा खुलेर भन्नुस्

एक अर्कालाई मन पर्ने र मन नपर्ने कुराको जानकारी भयो भने दाम्पत्य जीवन सहज हुन्छ । हुन त एकैपटक बानी बदल्न सकिँदैन तर यस्ता कुराहरु आदान प्रदानले सम्बन्धमा सहजता ल्याउँछ । भविष्यसम्म सकारात्मक संबन्ध कायम राख्न यसले सघाउ पुर्याउँछ ।

men with beautis1

५ निर्णयमा सहभागिता

घरका सामान्य कुरा देखि जीवनका ठूला ठूला विषयमा निर्णय लिँदा जहिले पनि दम्पत्तिले एक आपसमा सल्लाह गरेर लिने गर्नुस् । खासगरी पुरुषले महिलालाई निर्णयको साझेदार बनाउँदा उनीहरुले सम्मानित महसुस गर्छन् र यसले भविष्य सम्म सुन्दर सम्बन्ध बनाउन मद्दत गर्छ । साथै जस्तो सुकै परिणाम आएपनि दोष लगाउने समस्या आउँदैन ।

६ काम पनि मिलेर गर्नुस्

सके सम्म घरका काम मिलेर गर्नुस् । पुरै काम गर्न सकिने अवस्था छैन भने जति सकिन्छ त्यतिमा सघाउनुस् । यसले जीवनमा आपसी प्रेम बढाउँछ । घरमा पकाउने देखि भाँडा र कपडा सफा गर्ने सम्मका कामा यस्तो साझेदारी जरुरी हुन्छ ।

 

समय समयमा उपहार दिनुस्

बैबाहिक जीवनलाई ताजा बनाइ राख्न समय समयमा विभिन्न अवसर पारेर उपहार आदान प्रदान गर्नुस् । यस्ले सम्बन्धमा ताजापन ल्याउँछ । उपहार महंगो हुनु पर्छ भन्ने केही छैन त्यसले निक्कै मूल्यवान काम गर्छ ।