महिलाहरु जव कुनै पुरुषसँग सम्बन्धमा हुन्छन् उनीहरुलाई आशंका भैरहन्छ । कतै मलाई धोका दिएर अर्कैसँग पो हिँड्यो कि । अरु महिलासँग रोमान्स गर्छ कि । यस्ता प्रश्न महिलाको मनमा खेलिनै रहन्छन् । कतिपय अवस्थामा महिलाका शंका सत्यमा आधारित रहेपनि अधिकाँश समयमा उनीहरुले पुरुषहरुले जे गरे पनि शंका गरिररहेका हुन्छन् । यहाँ महिलाले आशंका गर्न पुरुषका सात ब्यवहारको चर्चा गरिएको छ ।

 

girl looking at girl

 

हाँस्नु नपरेको समयमा पनि हाँसेकोः
महिलाहरुले हाँसो गर्न खोज्दा पुरुष हाँसे पनि उनीहरु शंका गर्छन् नहाँसे त रिसाइ हाल्छन् । खासमा मलाई खुसी पार्न मात्र हाँसेको होला भन्ने महिलाको मनमा लागि रहन्छ । पुरुषले वास्तवमै हाँसे पनि शंकास्पद दृष्टीले हेर्छन् महिला ।

 

एउटै कुरा जहिले पनि सुन्न तयारः
महिलाहरुले गुनासो गरेको गर्यै गर्छन् । पुरुषहरु पनि यस्ता गुनासा सुन्न अभ्यस्त हुन्छन् । जव पुरुषले एउटै गुनासो जतिपटक सुने पनि नसुने जस्तो ब्यवहार गर्छन् महिलाले शंका गर्छन् । आफूलाई चासो नदिएको जस्तो उनीहरुलाई लाग्छ । खासमा पुरुषले चासो नदिएको भन्दा पनि ब्यवहारिक बनिरहेका हुन्छन् ।

 

साथीहरुसँग कुरा गर्दाः
पुरुषहरुले साथीसँग कुरा गर्दा पनि महिलाले गलत बुझिरहेका हुन्छन् । खासमा विश्वासिला साथीहरुसँग आफ्ना सबै कुरा गर्दा पुरुषले आफ्नो विषयमा पनि कुरा गरेको भन्ने आशंका महिलालाई हुन्छ । जुन् सत्यमा आधारित हुँदैन ।

10 things women shouldnt do

आफू जस्तै अर्को कोइ मन पर्योः
कुनै पुरुषले अर्की महिलालाई देखाएर तिमी जस्तै लाग्छ भन्यो भने महिलाहरुलाई सहज लाग्दैन । उनीहरुले यसलाई आफूलाई भन्दा उसलाई बढी मन पराउँछु भनर्को बुझ्छन् । अझ कतिपयले त मलाई भन्दा म जस्तै अरुलाई मन पराउँछ भन्ने नै बुझ्छन् ।

जिस्काउने बानीः
पुरुषहरुले आफूलाई जहिले पनि जिस्काएको जस्तो लाग्यो भने महिलाहरु शंशकित हुन्छन् । उनीहरुलाई लाग्छ उसले मलाई जे गरे पनि जिस्काउँछ सम्मान नै दिँदैन । खासमा पुरुषहरुले हाँसो मजाकोरुपमा यसो गरे पनि त्यसको सँधै गलत अर्थ लाग्छ ।