१ साउन, काठमाडौं ।

नेकपा एमालेको महधिवेशन अन्तगर्त केन्द्रीय सदस्यमा पराजित भएका भनिएका हरुको नतिजा रातारात बदलिएको छ । बुधबार हारेको भनेर प्रचार गरिएका उद्योग मन्त्री समेत रहेका ओली प्यानलका कर्ण थापाले जितेका छन् भने उनकै प्यानलका गोपाल शाक्य हारेका छन् ।

UML mhadhibeshn

ओली पक्षमा मन्त्री थापाको नतिजा उल्टिँदा नेपाल पक्षका १ र ओलीपक्षका १ जनाबीच चिट्ठा थुत्नु पर्ने अवस्था आएको छ । बुधबार जितेको भनिएका नागेन्द्र चौधरी र ओली प्यानलका खिमलाल भट्टराईको मत बराबरी भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट जित्नेको टुंगो लगाउने भएको छ । चौधरी र भट्टराईको बराबरी ९ सय ८६ मत छ ।

त्यसैगरी हिंजो जितेका भनिएका ओली प्यानलकै बैतडी १ का सभासद दामोदर भण्डारी पनि एक दिनपछि हारेका छन् ।