आफ्नै छोरीलाई बलात्कार गर्ने होम्ताङ २ भोजपुरका टंक बहादुरलाई जिल्ला अदालत भोजपुरले २० वर्ष कैदको सजाय सुनाएको छ ।

balatkar

बलात्कारपछि फरार रहेका उनीविरुद्ध उनकै छोराले प्रहरीमा उजुरी दिएका थिए । उनलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश कृपाशुर कार्कीको इजलासले २० वर्षको कैद सजाय सुनाएको हो । अदालतको फैसलापछि टंकबहादुर जेल चलान भएको खबर आजको नयाँ पत्रिकामा छ

 

गत वैशाख २४ मा ८ वषीर्या छोरीलाई घरमा कोही नभएको मौकाछोपी आवाज निकाले मारिदिने धम्कि दिँदै उनले बलात्कार गरेका थिए ।

 

बलात्कार गरेर भागेका उनलाई प्रहरीले घर नजिकैको जंगलबाट वैखाख ३० मा पक्राउ गरेको थियो । उनका दुई श्रीमति छन । उनले कान्छी श्रीमतीतर्फको छोरीलाई बलात्कार गरेका हुन् ।