अहिले हेडफोन अर्थात इयर फोन लगाएर गीत सुन्नु युवाहरुको स्टाइल नै भैसकेको छ । तर हेडफोनका वेफाइदाहरु पनि डरलाग्दा छन् । खासगरि पछिल्लो समयमा हेडफोनको प्रयोग गर्ने ब्यक्तिहरु सडक दुर्घटनामा पर्ने र कान नसुन्ने समस्याबाट पीडित बन्दै गएको तथ्यङ्कले देखाएको छ । 

बेलायती संस्था इन्टनेशनल लन्गेविटी सेन्टरका अनुसार अहिले सम्म हेडफोनका कारण १ करोड मानिस प्रभावित भैसकेका छन् भने सन् २०३१ सम्म यो संख्या १ करोड ४० लाख सम्म पुग्ने अनुमान छ । हेडफोनको निरन्तर प्रयोग र चर्को आवाजमा संगीत सुन्ने गरेका युवा पुस्तामा कान नसुन्ने समस्या बढ्दै गएको उक्त संस्थाको निष्कर्ष छ ।

head phone risks

कसरी काम गर्छ कान, कसरी सुन्छौं हामी ?

कानको तीन भाग हुन्छ । बाहिरी भाग, मध्य भाग र बाहिरी भाग । आवाजले ईयर ड्रम अर्थात कानको पर्दामा कम्पन पैदा गर्छ । यसको मध्य भागमा तीन असाध्यै साना हाड हुन्छन् । आवाज आएपछि कानमा रहेका साना हाडमा गति पैदा हुन्छ । यही गतीले कानको भित्री भागमा रहेको हेयर सेल्समा कम्पन पैदा गर्छ र दिमाग सम्म पुग्छ ।

कम सुन्ने कारण

कानको बाहिरी भागमा खरावी हुँदा सुन्ने क्षमतामा असर पर्छ । अत्याधिक ठूलो आजावमा हेडफोन सुन्दा वा ठूलो आवाज सुन्दा बाहिरी भागको कानको पर्दा क्षतिग्रस्त हुन पुग्छ । यसले हेयर सेल्समा नोकसान पुग्छ र विभिन्न समस्या देखा पर्छन् । खासगरी उमेर ढल्किँदै जाँदा कम सुन्ने वा सुन्दै नसुन्ने समस्या देखिन्छ ।

head phone risks 1

कसरी थाहा पाउने

कानमा असर परेको लक्षण शुरुमा देखिँदैन । तर हल्लामा आवाज स्पष्ट नसुन्ने र सामान्य कुराकानीमा पनि विच विचमा शब्द छुटेको जस्तो हुने कानमा समस्या भएका लक्षण हुन् । चर्को आवाजमा टिभी खोल्ने र रेडियो आवाज चर्को पार्दा कानमा असर पर्छ ।

के सावधानी अपनाउन सकिन्छ

हेडफोनको प्रयोग गर्ने बानी छ भने निरन्तर ६० मिनेट भन्दा बढी नसुन्नुस् । ६० मिनेट पछी केही बेर ब्रेक लिएर मात्र प्रयोग गर्नुस् । यसो गर्दा कानलाई आराम हुन्छ । फुल भोल्युममा ५ मिनेट भन्दा बढि हेडफोन नसुन्नुस् ।

head phone risks 2
खतरनाक ईयरफोन

पछिल्लो समयमा बजारमा आएका इयर फोनमा बेस बढी राखेर डिजाइन गरिएको हुन्छ । यसले बाहिरी आवाज त रोक्छ तर भित्र भने कानमा बढी असर गर्छ । यस्ता हेडफोनमा रवरको प्लग हुन्छ जस्ले बाहिरको हल्ला रोकेर भित्रको आवाजमात्र बढाउँछ ।

head phone risks 4

कति खतरनाक ?

यस्ता रवर प्लग भएका हेडफोनमा कानको प्वालमा पुरै हावा ब्लक गर्छ । यसको आवाजले कानको पर्दामा दवाव पैदा गर्छ । यसले कानमा निक्कै असर पर्ने चिकित्सकहरुको भनाइ छ । लामो समय सम्म हेडफोन लगाउँदा कान दुख्ने समस्या समेत हुन्छ ।