भनिन्छ प्राणयामले कैयौं असाध्य रोग समेत निको पार्न सकिन्छ । त्यसैगरी हातका विभिन्न मुद्रा पनि स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण रहेको समुन्द्र शास्त्रमा उल्लेख छ । हातबाट बनाउन सकिने मुद्रालाई राम्रोसँग उपभोग गर्न जान्यो भने यसले स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

 

कस्ता मुद्राले के असर गर्छ

ज्ञान मुद्राः कुनै शान्त वातावरण रहेको स्थानमा कम्बल ओच्छ्याएर बस्नुस् । मद्मासन वा सुखासनमा बस्नु उपयुक्छ हुन्छ । अनि आफ्ना दुवै हात घुँडामा राख्नुस् । चोर औंला र बुढी औंलाले गोलो मुद्रा तयार पार्नुस् । अन्य तीन औंला भने सिधा राख्नु पर्छ । यसरी बनेको मुद्रालाई ज्ञान मुद्रा भनिन्छ । ध्यान गर्नेहरुले यो मुद्राको प्रयोग सबैभन्दा बढि गर्छन् ।

hand rings

फाइदाः यो मुद्राको नियमित अभ्यास गर्दा अनिद्रा दुर हुन्छ भने रिस पनि नियन्त्रण गर्न सकिन्छ ।

बायु मुद्राः

चोर औंलालाई घुमाएर बुढी औंलाको फेँदमा राख्नुस् । यसो गर्दा बायु मुद्रा बन्छ । हातका बाँकि औंला सिधा हुनु पर्छ । बायु मुद्रामा बज्रासन जस्तै दुवै घुँडा पल्टाएर बसेनु पर्छ । कुनै पनि खाना खाएपछि ५ मिनेट सम्म यस्तो मुद्रा गर्दा राम्रो हुन्छ ।

hand rings 2

फाइदाः यसले पाचनमा समस्या देखिने ब्यक्तिलाई सहज हुन्छ ।

 

शंख मुद्राः बायाँ हातको बुढी औंलाल् दाया हातको हत्केलामा राखेर मुठ्ठी बन्द गर्नुस् । औंलाले दाया हातको बुढी औंलामा स्पर्ष गर्नु पर्छ । यसरी चार औंलाको अग्र भागको संयोग बन्न सक्छ । बुढी औंलाको आकार शंखको जस्तो देखिन्छ । यसरी बनेको मुद्रामा फुक्दा शंख जस्तै आवाज आउँछ । यस्तो प्रक्रिया १६ मिनेट सम्म गर्न सकिन्छ । पछि ४८ मिनेट सम्म पनि सकिन्छ ।

hand rings 1

फाइदाः यो मुद्राको प्रयोगले घाँटी सम्बन्धी रोगको निदान गर्छ । नयाँ रोग हुन दिँदैन ।