भनिन्छ मानिसको हेराइबाट धेरै कुरा बुझ्न सकिन्छ । एक अध्यनले मानिसको हेराइबाट नै कुन सम्बन्ध प्रेम हो र कुन रोमान्स मात्र वा बासना मात्र भन्ने थाहा पाउन सकिने दावी गरेको छ ।

couple facing  each other

अध्ययनका अनुसार यदि कुनै ब्यक्ति अपरिचित ब्यक्तिको अनुहारमा मात्र नजर राख्छ भने यसबाट उसले उक्त ब्यक्तिलाई प्रेम गर्ने बुझिन्छ भने यदि उसका आँखा शरीरका अन्य भाग र पहिरनमा समेत पर्छ भने यो रोमान्स वा बासना मात्र हो ।

अमेरिकाको शिकागो विश्वविद्यालयको पर्फर्मेन्स इलेक्ट्रिकल न्यूरो इमेजिङ ल्यावोरेटरीका निर्देशक स्टेफनी क्याकियोप्पोकाले आँखाको गति हेरेर ब्यक्तिको प्रेम र बासना बुझ्न सकिने दावी गरे ।

modern-couple

अध्यनका क्रममा शोधकर्ताहरुले विभिन्न अवस्थामा प्रेम र बासना सम्बन्धी अध्यन गरेका थिए । जेनेभा विश्वविद्यालयका छात्र छात्राहरुलाई विपरित लिङ्गी युवा युवतीको तस्विर दिएर उनीहरुको आँखाको गति मापन गरिएको थियो । तस्विरमा अधिकाँश जोडीको पोज थियो ।

परिणाम अनौठो आयो । जसमा आँखामा हेरिरहेका जोडीले एक अर्कालाई प्रेम गर्ने र शरीरका अन्य भागमा हेरेका जोडीले एक अर्काप्रति बासनात्मक सम्बन्ध राख्न चाहेको उनीहरुले बताए ।

यसरी आँखाको हेराइबाट नै कुन ब्यक्तिले प्रेम गरिरहेको छ र कुन ब्यक्तिले बासनाका लागि सम्बन्ध राखिरहेको छ भन्ने थाहा पाउन सकिने शोधकर्ताहरुको दावी छ ।