हरेक मानिसले शयन कक्षलाई सिगार्न अनेक उपाय लगाउँछन्, झ्याल–ढोकामा पर्दा र कोठाभित्रको रंगलाई पनि त्यतिकै महत्व दिन्छ । सुत्ने कोठामा चहकिलो प्रकाश दिने मात्र होइन, मधुर खाले उज्यालो दिने बत्तीको प्रयोग स्वभाविक हो । 

bed light 2

तर यहाँ हामीले चर्चा गर्न खोजेको उज्यालोको कुरा भने स्वास्थ्यलाई हानीकारक हुने देखिन्छ । हालै अमेरिकी अनुसन्धानकर्ताले पत्ता लगाएका छन्–सुत्ने कोठामा राती कोठाभित्र वा बाहिरबाट मधुरो उज्यालो आएमा स्तन क्यान्सर भएका महिलाहरुलाई प्रभाव पार्नेछ ।

कोठाबाहिरको सडक बत्ती वा कोठाभित्रका अन्य कुनै बत्तीको प्रभाव परेमा स्तन क्यान्सरको औषधीले काम नगर्ने पुष्टि सो अध्ययनले गरेको छ ।

bed light 1
सो अध्ययनले भनेको छ–मधुरो उज्यालोले सुतेका बेला उत्पन्न हुने हार्मोनहरुलाई असर गर्दा क्यान्सर कोषमाथि औषधीको प्रभाव कम हुने जोखिम रहन्छ । अर्को तथ्य भनेको रातमा सडकबत्तीका कारण कोठामा आउने प्रकाश र मोबाइल फोन, कम्प्युटर जस्ता बस्तुबाट निस्कने प्रकाशले मानिसको निद्रा विथोल्न सक्छ ।

विज्ञहरुको सुझाव छ–शयन कक्षलाई पुरा अँध्यारो पार्न सक्छन् या सुत्नेबेलामा आँखामा मास्क लगाएर सुत्दा फाइदा हुन्छ । त्यस्तै, सात घन्टा सुत्नु वा आइप्याड, कम्युटर प्रयोग गर्दा र टेलिभिजन हेर्दा पनि सचेत हुनुपर्ने देखाएको छ ।

 

एजेन्सीको सहयोगमा