बैज्ञानिकहरुले दिनमा केवल ७ मिनेट मात्र पनि दौडिने ब्यक्ति हृदयघात वा मस्तिस्क घातबाट ५५ प्रतिशत सुरक्षित हुने बताएका छन् । दिनमा केवल ७ मिनेट दौडिने ब्यक्तिको मुटुको समस्या धेरै हद सम्म कम हुने अध्यनले देखाएको हो ।

couple running
अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनले हप्तामा ७५ मिनेट दौडिने ब्यक्तिलाई मुटु सम्बन्धी समस्या कम हुने निर्देशिका जारी गरेका छन् । अध्यनकर्ताहरुले १८ देखि १०० वर्ष सम्मका ५५ हजार १ सय ३७ बयस्कहरुमा १५ वर्ष सम्म यो अध्यन गरेका थिए ।

नदौडिनेहरुको तुलनामा दौडिने ब्यक्तिहरु मुटूका कारण हुने मृत्युबाट ४५ प्रतिशतले सुरक्षित रहेको अध्यनका क्रममा पाहियो ।

नदौडिने ब्यक्तिहरु भन्दा दौडिने ब्यक्ति ३ वर्ष बढि बाँचेको समेत यो अध्यनमा पाहियो । यसका शोधकर्ताहरुले सबै मानिसहरुलाई दौडिनका लागि प्रोत्साहित गर्नु पर्ने देखिएको बताए ।

दौडिँदा खेरी जुनसुकै उमेर वा स्वास्थ्य अवस्थाका ब्यक्ति र निरन्तर धुम्रपान वा मदिरापान गर्नेहरुलाई समेत फाइदा पुगेको उनीहरुको भनाइ छ ।

अध्यनका क्रममा ५१ मिनेट भन्दा कम दौडिने, ६ माइल भन्दा पनि कम दौडिने र हप्तामा १-२ दिन मात्र दौडिनेहरु पनि दौडिँदै नदौडिने ब्यक्तिको तुलनामा सुरक्षित रहेको पाहियो ।

आइओवा विश्वविद्यालयका प्राध्यापक एवं यो अध्यनका लेखक डिसी लीले हप्तामा आधा घण्टा दौडिने ब्यक्ति पनि तुलनात्मकरुपमा बढी बाँच्ने बताए ।