आदुवा हाम्रो भान्सामा कहिले पनि नटुट्ने एक प्रकारको आयुर्वेदिक फल हो । धार्मिककार्य होस या आयुवेदमा अदुवाको महत्व धेरै नै छ।  यसको प्रयोगले  खाना स्वादिलो त हुन्छ नै तर यो हाम्रो स्वास्थ्यका लागि पनि निक्कै नै उपयोगी मानिन्छ। त्यसैले अदुवा गर्मी होस या जाडो महिना जहिले पनि बजारमा पाईन्छ । आउनुस अदुवाको विषयमा थाहा पाउनुस केहि रोचक कुरा…

 

खाना नपचेको बेला अदुवा र लसुन मिसाएर त्यस्को पेष्ट बनाउने र एक चम्चा जति पेष्ट पानीसंग खाने, यसो गर्नाले खाना सजिलैसंग पच्दछ । तपाइलाई हिच्कीले सताईरहन्छ भने पनि अदुवाको सानो टुक्रा मुखमा राख्नुस केहि समयमै तपाईले हिच्कीबाट राहत मिल्नेछ। । यदि तपाईलाई दाँत दुख्ने समस्या छ भने अदुवाको उचित प्रयोग गर्नु होला । 

 

ginger दाँत दुखेको बेला अदुबाको सानो टुक्रालाई दुखेको दाँतको बिचमा राख्नुस केहि समयमै दुखाइ कम हुन्छ।  खाना अरुचीमा पनि अदुबाले निकै फाईदा गर्छ। खाना खाने बेलामा सधै अदुवा र नुनको अचार खाने गर्नाले भोक धेरै लाग्दछ। स्वास् गनाउने समस्या छ भने,एक चम्चा अदुवाको रस एक गिलासमा पानीमा मिसाएर कुल्ला गर्नाले स्वास गनाउने समस्या हराउँदे जान्छ। जाडो महिनामा रुघा खोकिले सताउँछ भने  अदुवाको रसमा मह मिसाएर खानु पर्दछ,यसो गर्नाले केहि दिनमै रुघा खोकिबाट छुट्कारा पाईन्छ ।