जीवनमा यस्तो समय आउँछ जतिबेला सही तत्काल निर्णय लिन सकिएन भने ठूलो मूल्य चुकाउन पर्न सक्छ । पूर्वीय नीति शास्त्री चाणक्यले यस्ता चार अवस्थाको वर्णन गरेका छन् जहाँ बसेको ठाउँ तत्काल छोड्नु बुद्धिमानी हुन्छ ।

running-people 1

पहिलो अवस्था

उपसर्गेऽन्यचक्रे च दुर्भिक्षे च भयावहे।
असाधुजनसंपर्के य: पलायति स जीवति।।

यो श्लोकमा चाणक्यले यदि कुनै पनि स्थानमा दंगा वा तनावको अवस्था आयो भने त्यस्तो ठाउँबाट भागि हाल्नु बुद्दीमानी हुन्छ । दंगा भड्किएको क्षेत्रमा बस्यो भने आफू पनि त्यसको शिकार हुन सकिन्छ भने प्रशासनले कारवाही गर्दा पनि निशानामा पर्न सकिन्छ ।

दोश्रो अवस्था

यदि तपाइँ बसेको राज्यमा अर्को राज्यको सेनाले धावा बोल्यो भने पनि त्यहाँबाट भाग्नु नै उपयुक्त हुन्छ । आक्रमण हुँदा पनि त्यही बसिरहेमा ज्यानको समेत असुरक्षा पैदा हुन सक्छ । यो भनाइ पहिलेको राज्य विस्तारको पालमा भनिएको भएपनि अहिलेको अवस्थामा पनि जहाँ विरोधीहरुले आक्रमण गर्छन् त्यहाबाट भागि हाल्नु उपयुक्त हुन्छ भन्ने हो । पहिले प्राण रक्षा गरेर मात्र शत्रुलाई तह लगाउने तर्फ सोंच्नु पर्छ ।

तेश्रो अवस्था यदि तपाइँ बसेको स्थानमा भोकमरी शुरु भयो वा अनिकाल पर्यो भने त्यहाँबाट अन्यत्र लागि हाल्नु पर्छ । बसिरहेमा प्राण संकटमा पर्न सक्छ भने अनेकन समस्या पनि भोग्नु पर्न सक्छ ।

 

चौथो अवस्था

चाणक्य भन्छन् यदि हाम्रो नजिकमा खराव प्रवृत्तिको वा नीच चरित्रको ब्यक्ति आएमा पनि त्यहाँबाट अन्यत्र लागिहाल्नु उपयुक्त हुन्छ । नीच ब्यक्तिको संगतले समस्यामा पर्न सकिन्छ । जसरी सेतो कपडामा कालो दाल लाग्ने सम्भावना हुन्छ त्यस्तै नीच ब्यक्तिले तपाइँको प्रतिष्ठामा दाग लगाइदिन सक्छ ।