एक अध्ययनले महिलाको तुलनामा पुरुषहरुले बढी झुट बोल्ने देखाएको छ । महिलाहरुले अरुको भावनामा ठेस नपुगोस भनेर झुट बोल्ने तर पुरुषले भने तर्क जित्नका लागि यसो गर्ने अध्ययनको निष्कर्ष छ ।

अध्यनका अनुसार औषतमा एक पुरुषले हप्तामा ४ पटक झुट बोल्छन् वा उनीहरुले सत्य लुकाउँछन् । त्यसैगरी महिलाले हप्तामा ३ पटक यस्तो  गर्छन् ।

men tell lie

कुनै झन्झटबाट बँच्नका लागि पनि पुरुषले झुट बोल्ने शोधकर्ताहरुको भनाइ छ । पुरुषहरुमा कुनै पनि कुरालाई सनसनीपूर्ण बनाउने रहर हुन्छ ।

यो सर्वे २ हजार पुरुषमा गरिएको थियो । पुरुषले सबैभन्दा बढी झुट आफ्नो मुडको विषयमा बोल्छन् ।

wan proposing a woman

मुड खराव भएपनि उनीहरुले आफू खुसी रहेको बताउँछन् । म ठिक छु भन्ने उनीहरुको बानी नै हुन्छ । अझ बढी झुट उनीहरु कुनै पनि कुराको मूल्य र दुख विमारको विषयमा बोल्छन् ।