सबै मानिसहरुलाई निर्णय लिन कठिन हुने विषय मध्ये एक हो घर कस्तो ठाउँमा बनाउने । पूर्वीय दर्शनमा नीति शास्त्रीकोरुपमा चिनिएका चाणक्यले घर बनाउने ५ उपयुक्त ठाउँको बारेमा बताएका छन् । घर यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ रहन सर्वश्रेष्ठ छ ।

धनिक: श्रोत्रियो राजा नदी वैद्यस्तु पंचम:।
पंच यत्र न विद्यन्ते तत्र दिवसं वसेत्।।

चाणक्य यो श्लोकमा भन्छन् घर यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ नजिकै कोही धनी ब्यक्ति होस् । धनी ब्यक्तिको नजिक बस्दा अन्य मानिसलाई पनि फाइदा पुग्छ । धनी मानिसले विभिन्न उत्पादक काम गर्छ र कतिपय अवस्थामा रोजगारी समेत दिन्छ ।

house img

त्यसैगरी घर त्यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ नजिकै ज्ञानी पढालेखा ब्यक्ति होस् । त्यस्तो ब्यक्तिले तपाइँलाई विभिन्न अवस्थामा सही सल्लाह दिन सक्छ भने सही मार्गमा हिड्न पनि प्रेरित गर्छ ।

घर त्यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ राज्यको नजिक र शासन ब्यवस्था जानेका ब्यक्ति हुन् । यसो हुँदा तपाइँको बसेको स्थानमा विकाश पनि हुन्छ र प्रशासनिक ब्यवहारमा पनि सजिलो हुन्छ ।

घर त्यस्तो ठाउँमा बनाउनु पर्छ जहाँ नदी बगेको होस् । नदीको किनारमा घर हुँदा प्राकृतिक वातावरणमा जिउन पाहिन्छ ।

र घर त्यस्तो ठाउँमा हुनु पर्छ जहाँ नजिकै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी होस् । चिकित्सक वा बैद्य नभएको स्थानमा समस्या हुन सक्छ । घर बनाउँदा जहिले पनि स्वास्थ्य संस्था वा ब्यक्ति नजिक पर्ने गरि बनाउनु पर्छ ।