टाउको दुखाइ पछिल्लो समय आमसमस्या बनिरहेको छ ।

 

तर, टाउको दुखाइ सामान्य रोग मात्रै होइन । किनकि यो समस्या माइग्रेन पनि हुन सक्छ । माइग्रेनका विभिन्न कारण हुन सक्छन् । जस्तो कि उच्च रक्तचाप, मधुमेह र तनावको समस्याले पनि माइग्रेनको खतरा हुन्छ ।

 

यसका साथै ज्यादा मदिरासेवनले पनि माइग्रेनको सम्भावना हुन्छ । शरीरमा संक्रमण वा अन्य विषालु पदार्थ जम्मा भयो भने पनि माइग्रेन हुनसक्ने सम्भावना रहन्छ ।

 

त्यस्तै, आफ्नो संवेदना र भावनालाई दबाउँदा पनि माइग्रेनको सम्भावना हुन्छ । कतिपयलाई चाहिँ माइग्रेन आनुवंशिक पनि हुन सक्छ । माइग्रेनको समस्या हार्मोनको असन्तुलनको कारण पुरुषलाई भन्दा बढी महिलामा देखिन्छ । पूरै नसुत्ने, भोको पेट बस्ने र पर्याप्त मात्रामा पानी नपिउँदा पनि माइग्रेन हुनसक्छ ।

headache-no-tension 

माइग्रेनका कारण टाउको दुखाइलाई कम गर्न यी कुरामा ध्यान दिनुहोस् :

 

माइग्रेनको समस्यामा चिसो पानीपट्टी शिरमा राख्नुहोस् । चिसो पानी शिरमा राख्दा रक्त धमनी फैलिएर आफ्नो पूर्व स्थितिमा आउँछ । जसले टाउको दुखाइलाई घटाउन मद्दत गर्छ ।


 

दैनिक व्यायाम, योग र ध्यानले तपाईंलाई तनावमुक्त राख्छ । यसले माइग्रेनको समस्यालाई घटाउन धेरै मद्दत पुर्‍याउँछ ।


 

धेरैबेर भोको रहँदा माइग्रेन हुन्छ । त्यसैले धेरै समय भोको नबस्नुहोस् । केही समयको अन्तरालमा केही खाइरहनुहोस् ।


 

हरियो सागसब्जी माइग्रेनका लागि निकै फाइदाजनक हुन्छ । यसैले यसको सेवन जतिसक्दो गर्नुहोस् । काँक्रो र गाजरसेवन पनि माइग्रेन कम गर्न लाभदायक हुन्छ । जंकफुड नखानुहोस् । डिब्बामा बन्द गरिएको खानाबाट पनि टाढै रहनुहोस् ।


 

पनिर, चकलेट, चाउचाउमा यस्तो रसायन पाइन्छ, जसले माइग्रेन बढाउँछ । यसैले यसको सेवन नगर्नुहोस् ।