अफ्रिकन मुलुकहरुमा इबोला नामक घातक संक्रमण फैलिएको छ ।

 ebola virus

बिश्व स्वास्थ्य संगठा डब्लु एचओका अनुसार करीब ९०० जनाको मत्यु भैसकेको छ भने लगभग १७ सय मानिसहरु यसबाट प्रभाबित छन् । शुक्रबार मात्रै डब्लुएचओले अन्तर्राष्ट्रिय स्तरमै इबोला संकटको घोषणा गरेको छ । नेपालको छिमेकी मुलुक भारतले पनि २४ घण्टे इमरजेन्सी हेल्पलाईन सेवा सुरु गरेको छ । नेपालमा भने यसबारे कुनै पनि पहल चालिएको छैन ।
के हो इबोला भाइरस ?
इबोला भाइरस वा इबोला रक्तस्राबी ज्वरो एक गम्भीर रोग हो । यो रोग लागेपछि मानिसको मृत्यु पनि हुन सक्छ । बिश्वभरी अहिले सम्म बिरामी भएका मध्ये ९० प्रतिशत मानिस मृत्युको मुखमा पुगिसकेका छन् ।
यो बिरामी फिलोबिरिदाए परिवारको जिनसबाट फैलिने गर्छ । अहिलेसम्म यो भाइरसका ५ उपप्रजातीको पहिचान भएको छ ।
जसमा ४ भाइरसबाट मानिस संक्रमित भैसकेको छ ।
बुंदिबगयो भाइरस (बीडीबीवी), इबोला भाइरस (इबीओबी), सुदान भाइरस (एसयुडीवी) र टाई फाँरेष्ट भाइरस टीएएफवी) रहेका छन् । पाँचौ भाइरस रेस्टन भाइरस (आरइएसटिभी)बाट भने मनिसमा रोग हुदैन ।

इबोला भाइरसको संक्रमण भएको २ देखि २१ दिनको बीचमा देखिने गर्छ ।
इबोला भाईरसको मुख्य लक्षण ज्वरो र टाउको दुख्ने हो ।
यसैगरी इबोलाको संक्रमण भएमा मांशापेशी पेट र जोड्नी दुख्ने, घाँटीमा संक्रमण, कमजोरी, झाडापखाला, वान्ता वा खकारमा रगत देखा पर्ने, स्वास फेर्न अप्ठ्यारो हुने, छाती दुख्ने, रक्तश्राब हुने जस्ता लक्षणहरु देखा पर्ने गर्दछ ।