२४ साउन, काठमाडौं ।

 एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले प्रचण्ड र बाबुरामलाई मिलाउन कसैको मध्यस्थता नरहेको बताएका छन् । प्रचण्ड र बाबुरामबीचको शनिबारको भेट कसैले मध्यस्थता गरेर नभइ आपसी सल्लाहमै तय भएको भन्दै प्रकाशले तेश्रो ब्यक्तिले मध्यस्थता गरेको भन्ने दावी झुटो भएको फेसबुक स्टेटस लेखेका हुन् ।

 

 prakash dahal

 

प्रकाशले फेसबुकमा ‘ प्रचण्ड बाबुराम मिल्नलाई कोही तेस्रो पक्षले मध्यस्थता गर्न आवश्यकपनि छैन र महिले मध्यस्थता गरे भनेर मिडियामा वकालत गरेको देख्दा हाम्रा कमरेड मिडियाबाजीमा कति ध्यान दिन्दा रहेछन् भन्ने प्रष्ट भयो । बाबुराम कमरेडसंग हिँजै आज ४ बजे भेट्ने निर्णय भएको हो । कोही तेस्रो व्यक्तिले भेट गराएको भन्ने समाचार झुट हो ! वहांहरुको विसौं वर्षको सहकार्यता छ र यो समस्या समाधान गर्ने वहाहरु दुबै सक्षम हूनु हून्छ र त्यो सफल हूनेमा हामी पूर्ण विस्वस्त छौं । पार्टी शसक्त हूनेमा कुनै दुईमत छैन !’ लेखेका छन् ।

Prakash Dahal on Prachanda-Baburam

 

प्रचण्ड र बाबुरामबीच पार्टीभित्र शक्तिको द्वन्द चलिरहेको समयमा प्रकाशको यस्तो भनाइ आएको हो । बाबुराम पक्षीय २ केन्द्रीय सदस्यलाई कारवाही भएपछि बाबुराम पक्षीय नेताहरुले पार्टी फुटको संघारमा पुगेको बताउँदै आएका छन् ।