हालै गरेको एक अध्यनले यौनका छाडा कुरा सम्बन्धी झुटा सन्देश पुरुषले भन्दा  महिलाले बढी पठाउने गरेको अनौठो तथ्य बाहिर ल्याएको छ ।

yaun jeevan 1

अध्यनका क्रममा सहभागी भएका मध्ये केवल २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको देखियो भने त्यसको करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको देखियो ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका सहप्राध्यापक मिसेले डोउरिनले यस्ता सेक्स सम्बन्धी छाडा सन्देश पठाउँदा झुटो बोल्ने गरेको बताइन् । पार्टनरालाई खुसी तुल्याउन यस्तो झुटो बोल्ने गरेको उनको भनाइ छ ।

त्यसैगरी पुरुषलाई खुसी तुल्याउन पनि महिलाले यौन सम्बन्धी झुटा कुरा बोल्ने गरेको अध्यनका क्रममा देखियो । अनुसन्धानकर्ताहरुले कलेजका १ सय ५५ जना केटा र केटीबीच यस्तो अश्लिल सन्देशका विषयमा अध्यन गरेका थिए ।

 

६२ जना महिला र ९३ जना पुरुषले यो अध्यनमा सहभागिता जनाएका थिए । महिलाहरुले पुरुषलाई मुडमा ल्याउनका लागि झुटो यौनजन्य सन्देश समेत पठाउने गरेको समेत बताए ।

यो अध्यन जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित छ ।