महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा सुन्न लालायित हुन्छन् ।

एक अर्काको प्रशंसाले आत्म विश्वास बढाइदिन्छ भने आपसी समझदारी पनि बढ्छ । सम्बन्धमा रहेकाहरुलाई एक अर्काबाट प्रशंसा पाउने उत्कठ चाहाना हुन्छ । तर प्रशंसा गर्दा घमण्ड नपलाउने गरी गर्नु पर्छ ।

सामान्यतया महिलाले पुरुषबाट प्रशंसा सुन्न चाहन्छन् भनिन्छ । तर पुरुषहरुमा पनि यो चनाहा हुन्छ कि आफ्नो पार्टनरले प्रशंसा गरोस् ।

यस्ता छन् पुरुषले सुन्न चाहने ६ प्रशंसाः

man with woman

१ तिमीलाई हसाउँन आउँछ

पुरुषहरु पार्टनरले आफूलाई मनोरञ्जन प्रदायक ठानोस् भन्ने चाहन्छन् । त्यसैले पुरुषहरु आफूसँग भएकी महिलालाई खुसी राख्न हरसम्भव प्रयास गर्छन् । सेन्स अफ ह्युमर अर्थात हसाउँने कला भएका केटा केटीहरुलाई मन पर्छ । तर केटाहरु पनि केटीहरुले तिम्रो सेन्स अफ ह्युमर राम्रो छ भनेको सुन्न लालायित हुन्छन् ।

 

२ यो कुरामा तिमी उत्कृष्ठ

पुरुषलाई केटीहरुले तिमी यो कुरामा उत्कृष्ठ छौं भनेको सुन्न मन पर्छ । यदि तपाइँको ब्वाइ फ्रेण्ड वा पति कुनै काममा राम्रो दक्षता राख्छन् भने उनलाई प्रशंसा गरि हाल्नुस् । खाना बनाएको होस् वा गाडी चलाएको कुरा । गीत गाउने कुरा होस् वा सफाइको ।

man with woman 1

 

३ शारीरिक बनौट वा सामानको प्रशंसा

पुरुषहरुलाई आफ्नो शरीरको सुगठनबारे प्रशंसा सुन्न मन पर्छ । कुनै पनि महिलाले आफ्नो हेयर स्टाइल वा पहिरन मात्र होइन शरीरको बनोटको विषयमा सामान्य प्रशंसा गरिन् भने पुरुषहरु घाइते हुन्छन् । पुरुषहरुलाई उनीहरुले प्रयोग गर्ने सामग्रीहरु चस्मा होस् वा वाइक जस्ता कुराको प्रसंसा पनि सुन्न मन पर्छ ।

 

man with woman 2
४ सपनाको राजकुमार

महिलाहरुले आफ्नो बारेमा के सोंच्छन् भन्ने विषयमा पुरुषलाई सँधै चासो हुन्छ । कुनै पनि पुरुषले म कस्तो लाग्छु भनेर सोध्यो भने जहिले पनि प्रशंसापूर्ण जवाफ दिनुस् । तपाइँलाई उ सँग बस्दा सुरक्षित महसुस् हुन्छ वा माया लाग्छ भने यी कुरा खुलेर भन्नुस् । पुरुषलाई लागोस् म सपनाको राजकुमार नै हो ।

 

५ सहजताको अनुभव

महिलाहरु आफ्नो पार्टनरसँग रोमान्सको समयमा केही हिचकिचाउँछन् । बरु परपुरुषसँग रोमान्स गर्ने तर आफ्नै पार्टनरसँग खुल्न नचहने महिलाको बानी राम्रो होइन् । आफ्नो पति वा प्रेमीसँग खुलेर रोमान्स गर्दा पुरुषलाई पनि खुसी तुल्याउन सकिन्छ भने प्रेम पनि बढ्छ । एक पटक प्रयोग गरेर त हेर्नुस् ।

man with woman 4

६ मनका कुरा गर्नुस्

राम्रो पार्टनर त्यो हो जस्ले सुख र दुख दुवैमा साथ दिन्छ । यदि तपाइँको पार्टनर पनि यस्तो छ भने उसलाई प्रशंसा गर्न नभुल्नुस् । धन्यवाद र कृतज्ञताको मौका चुकाउनु हुँदैन । मनका कुरा खुलेर गर्दा आपसी विश्वास बढ्छ र सम्बन्ध कँसिलो हुन्छ ।