शोधकर्ताहरुले बच्चा र बृद्धहरुलाई दाँत माझ्नका लागि सिकाइएको तरिका गलत र भ्रामक भएको बताएका छन् । बच्चा र बयस्कहरुको ब्रस गर्ने तरिका फरक हुनु पर्ने उनीहरुको भनाइ छ ।

युनिभर्सिटी कलेज अफ लण्डनका शोधकर्ताहरुले दाँत कति पटक र कतिबेर सम्म माझ्ने भन्ने विषयमा विशेषज्ञहरुबीच एकमत नरहेको भन्दै यसमा रहेको भ्रम हटाउनु पर्ने बताएका हुन् ।

tooth brush

युनिभर्सिटी कलेजका शोधकर्ता डाक्टर जोन ब्यानराइट तथा प्राध्यापक ओब्रे शिहमले विभिन्न टुथब्रस कम्पनी, दन्त चिकित्सा र डेन्टल एसोसिएसन सम्बन्धी ६६ श्रोतमा आधारित भएर यो निष्कर्ष निकालेको बताए ।

ब्रिटिश डेन्टल जर्नलमा प्रकाशित यो अध्यन रिपोर्टमा शोध कर्ताहरुले विभिन्न कम्पनीका दाँत माझ्ने ब्रस र पेष्टहरुमा ठूलो भिन्नता नरहेको समेत भनिएको छ ।

अधिकाँश कम्पनी र चिकित्सकहरुले ब्रश दाँतमा सिधा राखेर गोलो घुमाउने सुझाव दिन्छन् । त्यसै गरी विभिन्न डेन्टल एसोसिएसनले ६ फरक फरक तरिका सुझाएको भन्दै शोधरकर्ताहरुले यो भ्रम सच्चाउन सुझाव दिएका हुन् ।

त्यसैगरी कुनै कम्पनीले दिनमा २ पटक र कुनैले ३ पटक ब्रश गर्न भनेर भ्रम उत्पन्न गरेको पनि उनीहरुको भनाइ छ ।