नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसंगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ ।

santusti

नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ । अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभसिर्टीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ । व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन । अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो ।

व्यायामका कारण्ँ तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो ।