आज कृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णले पृथ्वीमा मानवावतारकोरुपमा जन्म लिएको दिन । आजको रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।

कृष्णलाई भगवान विष्णुका अवतार मानिन्छ र कृष्णको जन्मोत्सव नेपाल र भारतमा धुमधामसँग मनाउने चलन छ । किन लिएका थिए भगवान विष्णुले कृष्णा अवतार ? धर्म ग्रन्थका अनुसार कृष्णको जन्मको कारण यस्तो छः

Lord Krishna 1

द्वापर युगमा जव पृथ्वीमा मानवरुपी राक्षसको अत्याचार बढ्न थाल्यो तव पृथ्वी दुखी भएर भगवान विष्णुको शरणमा पुगिन् । भगवान विष्णुले पृथ्वीको दुःख देखेर तत्काल आफूले कृष्ण अवतार लिने र दुष्टहरुको नाश गर्ने बचन दिनु भयो । द्वापर युगको अन्त्यमा हाल भारतमा पर्ने मथुरा भन्ने राज्यमा उग्रसेन नामका राजा राज्य गर्थे । उग्रसेनका पुत्र थिए कंस । कंसले आफ्ना पितालाई बन्दी बनाएर राज्यसत्ताको बागडोर आफ्नो हातमा लिएका थिए ।

Lord Krishna

कंसकी बहिनी देवकीको विवाह यादव कुलका बासुदेवसँग हुने तय भएको थियो । तर जव कंस देवकीलाई विदा गर्न जाँदै थियो त्यति नै बेला आकाशवाणी भयो । आकाशवाणीमा देवकीको आठौं सन्तानले कंसको बध गर्ने भन्ने सुनेपछी कंस जंगियो । मन मनै डराएको कंसले देवकी र बासुदेवलाई पनि जेल हाल्यो । देवकीले जन्माएका सबै सन्तान कंसले मार्न थाल्यो ।

Lord Krishna 2

देवकीले आठौं सन्तानकोरुपमा भगवान श्री कृष्णलाई जन्म दिइन् । तर भगवानको मायावी जादुले यसको जानकारी कसैलाई पनि भएन । बासुदेवले कृष्णलाई गोकुलका नन्दवावा र यसोधाको काखमा छोडेर उनकी छोरी आफ्नो साथमा लिएर कारागारमा फर्किए ।

कंसले जव देवकीको सन्तान ठानेर ती कन्याको हत्या गर्न खोज्यो त्यति नै बेला ती कन्या उडेर आकाशमा गइन् र कंसलाई मार्ने बालक गोकुलमा हुर्किरहेको चेतावनी दिइन् ।

कृष्णले बाल्यकाल देखि नै एक पछि अर्को गर्दै कंसका सहयोग राक्षसहरुको बध गर्दै गए । अन्त्यमा कंसको समेत बध गरेर उग्रसेनलाई सिंसानमा राखे ।

भगवान कृष्णले महाभारतको युद्धमा पाण्डवको साथ दिए र अधर्मको नाश गरी युथिष्ठिरलाई सिंहासनमा बसाए ।

Krishna mahabharat

यसरी संसारको दुःख हरण गरेपछि कृष्ण लिला समाप्त भयो ।

भगवान श्री कृष्णले १६ हजार गोपिनीसँग १६ हजाररुप धारण गरेर गरेको लिला अदभुत मानिन्छ । श्रीकृष्णलाई महापुरुष र अरुको मनको कुरा थाहा पाउने पुरुष अन्तरयामी समेत भनिन्थ्यो ।