सेक्सलाई सुमधुर बनाउने र सेक्स पावर बढाउने खानपिनबारे प्रशस्तै चर्चा हुने गरेको छ । तर, केही यस्ता खाना पनि छन्, जुन सेक्स गर्नुअघि खाए सन्तुष्टिको मात्रा कम हुन्छ ।

couple-sleeping

 

गेडागुडी
गेडागुडी चाँडै पच्दैन । गेडागुडी खानाले पेटमा ग्यास फर्मेसन हुन्छ । सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरिसक्के गेडागुडी खानुहुँदैन ।

 

लसुन र प्याज
सेक्समा लीन हुनुअघि लसुन फिटिक्कै खानुहुँदैन । यसले मुखमा दुर्गन्ध उत्पन्न गराउँछ, साथै पेट पनि फुल्छ । फुलेको पेट र दुर्गन्ध मुख लिएर सेक्समा सरिक हुनु आनन्ददायक हुँदैन ।

 

पनिर
पनिर धेरैजनाको फेबरेट खान्कीमा पर्छ । तर, पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिँदैन ।

 

रेड मिट
रातो मासु हेभी डाइट मानिन्छ । यसलाई पचाउन लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन ।

 

तारेको आलु
तारेको आलुमा फ्याटको मात्रा बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाइदिन्छ । साथै यसमा नुनको मात्रा पनि कम हुन्छ । यसले उत्तेजना घटाउँछ ।

 

पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घट्नाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।