‘एन एप्पल अ डे, कीप्स डक्टर अवे’ अर्थात दिनमा एउटा स्याउ सेवन गर्यो भने विरामी परिँदैन भन्ने उखान अव वदिलने भएको छ । हालै गरिएको एक सर्वेक्षणमा नियमित स्याउ सेवन गर्ने महिला कामुक हुने देखिएको छ ।

स्याउ सेवनले महिलाको कामुकता बढाउने अध्यनको निष्कर्ष छ ।

woman eating apple

नियमित स्याउ सेवन गर्ने महिलाको यौन कार्यक्षमतामा वृद्धी हुने र स्याउमा पाइने पोलिफनाल्स र एन्टिअक्सिडेन्टले जनेन्द्रियमा रक्त प्रभाह बढाउने चिकित्सकहरुको भनाइ छ ।

स्याउ सेवन गर्ने महिलाको उत्तेजना बढी हुने पनि अध्यनले देखाएको छ ।

शोधकर्ताहरुले १८ देखि ४३ वर्ष उमेर समूहका ७ सय ३१ महिलामाथि यो अध्यन सर्वेक्षण गरेका थिए । अध्यनमा महिलाको यौन फंक्सन सुचाङ्क सम्बन्धी प्रश्नावली भराइएको थियो । जसमा यौन सम्पर्कको दर, संभोग, प्रयोग गर्ने लुब्रीकेन्ट र यौन सन्तुष्टीबारेका प्रश्न थिए ।

शोधकर्ताहरुले नियमित स्याउ सेवन गर्ने महिलाको सेक्सुअल फंक्सन् वेहत्तर हुने र उनीहरुको एस्ट्राडियोल महिला सेक्स हर्मोनले यौन क्षमता पनि बढाउने निष्कर्ष निकालेका छन् ।

एजेन्सी ।