निधारमा हुने रेखाले मानिसको भाग्य र धेरै कुरा बताउने ज्योतिष शास्त्रको दावी छ । निधारमा फरक फरक रेखा हुन्छन् । ती रेखाको आफ्नै महत्व छ ।

कुन रेखाको अर्थ के ?

मंगल रेखाः गुरु रेखाको तल मंगल रेखा हुन्छ । यदि निधारमा सिधा मंगल रेखा भयो भने त्यस्तो ब्यक्ति स्वाभिमानी, साहसी, बीर, दूरदर्शी विवेकी र रचनात्मक हुने हुन्छ ।

nidhar ka rekha 1
बुध रेखाः

यो रेखा निधारको माझ भागमा हुन्छ । यो शुभ गुण भएको रेखा हो । यस्तो रेखा हुने ब्यक्ति तीक्ष्ण बुद्धी र मनोबैज्ञानिक हुन्छन् । प्रकृति प्रेम पनि यिनको गुण हो ।

शुक्र रेखाः

शुक्र रेखा बुधको तल पट्टी हुन्छ । यो रेखा स्पष्ट भएमा त्यस्तो ब्यक्ति स्फुर्त र आशावादी हुने हुन्छ । यस्ता ब्यक्ति यस्ता ब्यक्ति काममा लागि रहने र सुख भोग गर्ने प्रवृत्तिका हुन्छन् ।

 

सूर्य रेखाः

यो रेखा सिधा आँखीभौंको माथि हुन्छ । सूर्य रेखा राम्रो भएमा यस्ता ब्यक्ति गणितज्ञ, इन्जिनियर वा सम्पादक हुन्छन् । यिनीहरु नेता समेत बन्न सक्ने बताइन्छ ।

nidhar ka rekha

चन्द्र रेखाः

चन्द्र रेखा बायाँ आँखाको आँखीभौ माथि हुन्छ । यो रेखाले कलाप्रेमी विकशित बुद्धी र भावुक ब्यक्तित्वको संकेत गर्छ । यस्त ब्यक्ति संवेदनशील र अध्यात्म प्रेमी हुन्छन् । यस्ता ब्यक्तिको कल्पनाशक्ति पनि अदभुत हुन्छ ।