एक अमेरिकी अध्यनका अनुसार बयस्क जीवनको सुरुवातमै धेरै रातो मासु खाने महिलालाई स्तन क्यान्सरको खतरा हुने गर्दछ ।

red meat

 हार्वर्ड अनुसन्धानकर्ताहरुले खानामा रातो मासुसंगै मटर, दाल, मेवा र माछा खादा भने खतरा केहि घट्न सक्ने बताइएको छ । अनुसन्धानकर्ताहरुले अमेरिकका २४ देखि ४३ बर्ष उमेर समुहका ८९ हजार महिलाहरुका बीचमा अध्यन गरेको थियो । जसमा ३ हजार स्तन क्यान्सरपिडितहरु महिलाहरुको खानाको बिश्लेषण गरिएको थियो । तर ब्रिटेनको बिशेषज्ञका अनुसार भने रातो मासु र स्तन क्यान्सरकोबचिमा कुनै सम्बन्ध नरहेको बताएको छ । 

यस्तै ब्रिटेनको एक अर्को अध्यनका अनुसार प्रत्येक दिन टमाटर प्रयोग गर्दा मुटुको रोगबाट बच्न सकिन्छ । अनुसन्धानका अनुसार ७२ घण्टा गरेको अनुसन्धानका क्रममा टमाटर खानेबित्तिकै रक्तधमनीहरुले राम्रो तरिकाले काम गरेको देखाएको थियो ।

 tomato pill stopping heart

तर यो पुष्टि गर्नका लागि धेरै अध्यन जरुरी रहेको बिशेषज्ञहरुले बताएका छन् ।