दिमागको एक भागमा हुने उत्तेजना मुटुका लागि फाइदाजनक हुन सक्ने एक अध्यनले देखाएको छ ।

dimag

प्रोसिडिंगस अफ  द नेशनल एकेडेमी आफ साइन्समा प्रकाशित अध्यनका अनुसार दिमागको जुन भाग शरीरको गतिबिधिहरुलाई नियन्त्रण गर्छ त्यो भाग उत्तेजित हुदा हुदयघात भएको मानिसको अवस्थामा सुधार हुने गर्दछ ।

अध्यनका अनुसार द स्ट्रोक एसोसिएसनले गरेको अध्यनमा मुटु र दिमागको सम्बन्ध ब्यक्तिको गतिबिधिमा निर्भर पर्ने गर्दछ । हुदयघात हुँदा दिमागका कोशिकाहरुमा अक्सिजन र सुगरको आपुर्ति बन्द हुन्छ र कोशिका नष्ट हुँन सक्छन् । यस्तो हुदा उपचार तत्काल नगर्दा ठुलो खतरा निमतन सक्छ ।
स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनको एक अध्यनले पनि दिमागको उत्तेजनाको असर मुटुमा पर्छ कि पर्दैन भनी जनावरमाथि पनि परिक्षण गरेको थियो । अध्यनका अनुसार हुदयघात हुदा दिमागमा ठुलो असर पर्ने रक्तसञ्चारमा केहि गढबढ हुँदा ब्यक्तिको दिमागका कोशिकाहरु बचाउन ठुलो चुनौति रहेको छ ।