विश्वमा पोलियो मुक्त गराउनका लागि २ प्रकारका खोप प्रभाबकारी देखिएका छन् ।

polio virus

मुखबाट दिने २ थोपा औषधि अहिलेको प्रचलित औषधि रहेको छ तर भारतमा हालै गरिएको एक परिक्षणमा पोलियोका जिवाणुका लागि मुखबाट दिने औषधिभन्दा खोप प्रभाबकारी हुने बताएको छ ।  साइन्स जर्नलमा प्रकाशित एक अध्यनका अनुसार विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको अध्यन एैतिहासिक बनेको छ । पोलियो उन्मुलनको अभियानमा पोलियोको कमजोर जिवाणुका लागि दुई थोपामुखमा राख्ने औषधि सबैभन्दा सस्तो हो यद्यपी २ थोपा औषधिले शरीरका पाचन तन्त्रहरुमा काम गर्छ तर खोपले रगतको बाटोमा असर गर्ने भएकाले खोप बढी प्रभाबकारी हुने अध्यनले देखाएको छ । अहिलेको चुनौति खोप नभइ संक्रमण ग्रस्त बालबालिकासम्म खोप पुर्याउनु रहेको बिज्ञहरुको भनाई छ ।
पोलियोको संक्रमण प्रदुषित हावा पानी तथा खास गरी गोबर मलबाट हुने गर्दछ पोलियोका कारण लुलो लङ्गडो पनि हुन्छ र बिरामीको मृत्यु पनि हुने गर्दछ । पोलियो उन्मुलनको अभियान विश्वको स्वास्थ्य क्षेत्रको सबैभन्दाबढी चुनौतिपुर्ण देखिएको छ । सन १९८८ मा १२५ जना भन्दा पनि बढी मुलुकका करिब साढे ३ लाख मानिसहरु देखिएका थिए । पोलियोको सबेभन्दा बढी संक्रमण नाइजेरिया, अफगानिस्तान र पाकिस्तानमा रहेको छ । पोलियो संक्रमणका बिषयमा पनि ९९ प्रतिशत भन्दा बढी दर्ता भएका थिए ।