७ भदौ, एजेन्सी
भारत र पाकिस्तानको अन्तर्राष्ट्रिय सिमामा रहेको एक गाउलाई निसाना बनाई गरिएको दुई तर्फी आक्रमणमा परी कम्तीमा २ जना पाकिस्तानी नागरिक मारिएका छन् ।

kashmir loc indian

आक्रमणमा बीएसएफको एक जवान बाहेक ७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।  पाकिस्तानले उक्त क्षेत्र र भारतीय १७ सिमा चौकीमा रातभर गोलाबारी गरेको भारतका बीएसएफले आरोप लगाएको छ । यसअघि आक्रमणमा मारिएका भारतीय नागरिक भएको खबर आएपनि बीएसएफले ती नागरिक पाकिस्तानी भएको बताएका छन् ।

अधिकारीका अनुसार उक्त क्षेत्रमा लगातार अक्रमण हुन थालेपछि गाउले घर छाडेर भागेका छन् ।