हस्त रेखा विज्ञानका अनुसार हातका रेखाले भाग्य, स्वभाव मात्र नभएर उमेर एवं आयु समेत अनुमान गर्न सकिन्छ । हाम्रो हत्केलामा विभिन्न प्रकारका रेखा हुन्छन् ।

 

जीवन रेखा

सामान्यतयाः हत्केलामा ३ प्रकारका रेखा हुन्छन् । यी तीन रेखामा एक जीवन रेखा, दोश्रो मस्तिस्क र तेश्रो हृदय सँग सम्बन्धित हुन्छ । जुन रेखा औंलाको ठिक तलबाट शुक्र पर्वतलाई घेर्न पुग्छ त्यही नै जीवन रेखा हो ।

palm lines

यो रेखा चोरी औंलाको तलबाट गुरु पर्वतको आसपासबाट प्रारम्भ हुन्छ र हत्केलाको अन्त्य मणिबन्ध सम्म पुगेको हुन्छ । यदी जीवन रेखा विचमा टुटेको छ भने त्यस्ता ब्यक्तिको आयु छोटो हुने र मृत्यु नभए कष्टको सामना गर्नु पर्ने हुन सक्छ । तर त्यस्तो रेखासँग अन्य रेखा पनि साथमा समानान्तर गएका छन् भने यसको अशुभ प्रभाव नष्ट हुन्छ ।

palm lines 1

हत्केलामा जस्तो जीवन रेखा हुन्छ त्यस्तै नै हाम्रो जीवन पनि हुन्छ । यदि यो रेखा अरु रेखा भन्दा सानो र काटिएको छ भन् यो अशुभ संकेत हो तर यो रेखा लामो र अकाट्य छ भने यो शुभ संकेत हो । लामो र नकाटिएको रेखा हुनेहरुको जीवन लामो र सुखद जीवन हुन्छ ।

 

लामो, गहिरो र मसिनो सफा जीवन रेखा शुभ मानिन्छ । जीवन रेखामा क्रश चिन्ह छ भने त्यो अशुभ हो । यदी जीवन रेखा शुभ छ भने त्यस्ता ब्यक्तिको जीवन लामो मात्र होइन सुखद् र स्वस्थ पनि हुने हुन्छ ।

palm lines 2

यदि दुवै हातमा जीवन रेखा टुटेको छ भने यस्ता ब्यक्तिको जीवन अल्पआयुमै समाप्त हुने वा विभिन्न झन्झट र कठिनाइको सामना गर्नु पर्ने हुन सक्छ । एउटा हातमा यो रेखा टुटेपनि अर्कोमा सही भएमा कुनै विरामी हुने वा कष्ट हुन सक्छ ।

मस्तिस्क रेखा

यदि मस्तिस्क रेखा ( मस्तिस्क रेखा र जीवन रेखा एकै स्थानबाट शुरु हुन्छन्) जीवन रेखाको मध्य भागमा भने अलिक फरक ठाउँमा छ भने यस्ता ब्यक्ति स्वतन्त्र विचार भएका र खुला हुन्छन् ।

palm lines 4
यदि मस्तिस्क रेखा र जीवन रेखाबीच धेरै नै अन्तर छ भने यस्ता ब्यक्ति सोँच विचार गरेर काम गर्ने हुन्छन् ।

कुनै पनि ब्यक्तिको जीवन रेखा टुक्रा टुक्रामा विभाजित छ भने यस्ता ब्यक्ति कमजोर हुन्छन् । यस्ता ब्यक्तिलाई स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बायाँ हातमा रेखा टुटेको छ तर दायाँ हातमा भने सग्लो छ भने यसले गम्भिर रोग हुने सम्भावना हुन्छ ।