हाम्रो संस्कारमा आफ्ना मान्यजनको खुट्टा छुनु वा खुट्टामा ढोग्नु आदरभावको नमूना मानिन्छ ।

खुट्टा छुँदा आपसमा प्रेम बढ्छ । यहाँ आफ्ना मान्यजनको खुट्टा छुनु किन आवश्यक छ भन्ने विषयमा चर्चा गरिएको छ ।

 

हिन्दु संस्कृतिमा आफू भन्दा ठूला र मान्यजनको आदर र सेवा संस्कारको महत्वपूर्ण हिस्सा मानिन्छ । हिन्दु धर्मग्रन्थहरु रामायण, महाभारत र गीतामा आफ्ना मान्यजनको सम्मानको महत्व उल्लेख गरिएको छ ।

khutta dhogeko

आमा बाबु र गुरु लगायत सबै मान्यजनको खुट्टा छुँदा पाइने आसिर्वादले संकट मोचन हुने तथ्य समेत उल्लेख छ । जुन ब्यक्तिको कुण्डलीमा पितृदोष हुन्छ त्यस्ता ब्यक्तिले हरेक विहान आफ्ना घरका आफू भन्दा ठूला सदस्यहरुको आसिर्वाद लिँदा त्यस्तो दोष नाश हुने विश्वास गरिन्छ ।

 

khutta dhogeko

हिन्दू धर्मशास्त्रमा भनिएको छ किः अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम्।। अर्थात जसले आफ्ना मान्यजनलाई दैनिक प्रमाण र चरणस्पर्श गरेर सेवा गर्छ त्यस्ता ब्यक्तिको यश, विद्या र शक्ति बढ्छ ।

 

khutta dhogeko

यदि जीवनमा सफलता चाहुन हुन्छ भने आफ्ना मान्यजनको चरणस्पर्श गर्नुस् । आफू भन्दा ठूलाको सम्मानबाट आयु, यश र बल तथा विद्या बढ्ने कुरा बैज्ञानिक पनि छ ।