यदि तपाइँ मांसाहारी हुनुहुन्छ र कुखुराको मासु मन पर्छ भने यो तपाइँका लाई महत्वपूर्ण जानकारी हो । बेलायतको अखवार डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित एक शोधमा उल्लेख भए अनुसार कुखुराको मासु र हड्डीको सेवनबाट बच्चाको ब्यवहार उग्र हुन्छ ।

chicken meat

तर बोनलेस चिकेन अर्थात हड्डी नभएको कुखुराको मासु भने त्यति हानिकारक छैन ।

लण्डन मेट्रो पोलिटन विश्वविद्यालयका शोधकर्ताका अनुसार १२ वर्ष सम्मका बच्चाले हाड सहितको कुखुराको मासु सेवन गरेमा उनीहरुको ब्यवहार हिंसात्मक र उग्र हुने गर्छ । तर हाड नभएको कुखुराको मासु भने हानिकारक नहुने उनीहरुको निष्कर्ष छ ।

शोधकर्ताका अनुसार भोजनको तरिकासँग मानसिक विकाश पनि जोडिएको हुन्छ । हाड सहितको कुखुराको मासु सेवन गर्ने बच्चाहरु क्रुरता बढी हुने गर्छ । बच्चालाई सुत्नु अघि हमाड भएको कुखुराको मासु दिनै नहुने सुझाव समेत उनीहरुले दिएका छन् ।